सोमबार, फागुन ५, २०७६

z
समाचार

नेपाल कीर्गिस्तानसँग पराजित 

नेपाल एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा पराजित भएको छ।

नेपाल कीर्गिस्तानसँग पराजित 
काठमाडौं- नेपाल एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा पराजित भएको छ। 

सोमबार भएको उद्घाटन खेलमा नेपाल कीर्गिस्तानसँग सोझो सेटमा पराजित भएको हो।

यता कीर्गिस्तान भने नेपालविरुद्ध जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ। समूह ए मा रहेका तीन टोलीमध्य पहिलो जित निकाल्ने टोलीले सेमिफाइनलमा स्थान बनाउने पक्का थियो। 

ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा भएको खेलको पहिलो सेटमा २५-२२ को जित निकालेको कीर्गिस्तानले दोस्रो सेटमा २५-२२ र तेस्रो सेटमा २५-२२ को जित निकाल्न सफल भएको हो।
प्रतिक्रिया दिनुहोस्