शनिबार, फागुन १७, २०७६

z
समाचार

चितवनको राष्ट्रिय वाणिज्य बैंकमा आगलागी 

 चितवनको भरतपुरस्थित राष्ट्रिय वाणिज्य बैंकमा आगलागी भएको छ । सोमबार बिहान ..

चितवनको राष्ट्रिय वाणिज्य बैंकमा आगलागी 
भरतपुर- चितवनको भरतपुरस्थित राष्ट्रिय वाणिज्य बैंकमा आगलागी भएको छ ।

सोमबार बिहान विद्युत सर्ट भएर बैंकको दोस्रो तलामा आगलागी भएको प्रहरीले जनाएको छ । 

बिहान करिब ७ बजे लागेको आगो प्रहरीले नियन्त्रणमा लिएको चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार आगलागीबाट बैंकको कागजजात जलेर नष्ट भएको छ । पैसामा भने कुनै क्षति नभएको उनले बताए । 

आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने काम भइराखेको प्रहरीले जनाएको छ । 
प्रतिक्रिया दिनुहोस्