विहीबार, माघ ९, २०७६

z
समाचार

प्रदेश २ मा बिहीबार सार्वजनिक विदा

प्रदेश २ सरकारले बिहीबार सार्वजनिक विदाको घोषणा गरेको छ। हिन्दु धर्मावलम्बीहरुले मनाउने जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो।

प्रदेश २ मा बिहीबार सार्वजनिक विदा
जनकपुरधाम – प्रदेश २ सरकारले बिहीबार सार्वजनिक विदाको घोषणा गरेको छ। हिन्दु धर्मावलम्बीहरुले मनाउने जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो।

मुख्यमन्त्री लालबाबु राउतले रक्षाबन्धनको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएका छन्। उनले उल्लासका साथ रक्षाबन्धन बनाउन सबैसँग आग्रहसमेत गरेका छन्।

‘रक्षाबन्धनको अवसरमा बिहीबार प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ। यस पर्वलाई हर्षोल्लासका साथ मनाउन सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक अनुरोध गर्दछु,’ मुख्यमन्त्री राउतले सार्वजनिक गरेको शुुभकामना वक्तव्यमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्