सोमबार, मंसिर ३०, २०७६

समाचार

ट्राफिक प्रहरीको गाडीकाे ठक्करबाट पैदल यात्रुको मृत्यु

महानगरीय ट्राफिक प्रहरी महाशाखाको गाडीको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ। बा १ झ ७८६६ नम्बरको गाडीले ...

ट्राफिक प्रहरीको गाडीकाे ठक्करबाट पैदल यात्रुको मृत्यु
काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाको गाडीको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ। 

बा १ झ ७८६६ नम्बरको गाडीले कोटेश्वरमा ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको हो। मृतक पुरुषको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको  छ। 

ट्राफिक प्रहरी चढेको गाडीले मंलबार राति ती व्यक्तिलाई ठक्कर दिएको थियो। दुर्घटनापछि प्रहरीले उपचारका लागि ट्रमा सेन्टर लगेको थियो । 

उपचारका क्रममा घाइते पैदल यात्रुको बुधबार बिहान करिब ९ बजे मृत्यु भएको चिकित्सकहरुले जनाएका छन् । 
प्रतिक्रिया दिनुहोस्