शनिबार, असार २७, २०७७

z
समाचार

विर्तामोडकाे वडा कार्यालयमा बम विस्फोट 

विर्तामोड नगरपालिकाको ७,८ र ९ नम्बर वडाको संयुक्त वडा कार्यालयमा बम विस्फोट भएको छ । 

विर्तामोडकाे वडा कार्यालयमा बम विस्फोट 
झापा- विर्तामोड नगरपालिकाको ७,८ र ९ नम्बर वडाको संयुक्त वडा कार्यालयमा बम विस्फोट भएको छ । 

सोमबार बिहान साढे ४ बजेतिर भएको बिस्फोटबाट कार्यलायका झ्यालका सिसा फुटेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । कागजजातहरु भने सुरक्षित नै रहेको उनले बताए । 

उनका अनुसार विस्फोट कसले र किन गरायो भन्ने खुल्न सकेको छैन । दोषीको खोजीकार्य तिब्र पारिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्