सोमबार, मंसिर ३०, २०७६

विदेश

केरलमा बाढी पहिरोका कारण ६० को मृत्यु 

भारतको केरल राज्यमा मुसलधारे वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ६० पुगेको छ । 

केरलमा बाढी पहिरोका कारण ६० को मृत्यु 
तस्वीर: पीटीआई
एजेन्सी– भारतको केरल राज्यमा मुसलधारे वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ६० पुगेको छ । 

यहाँ एक सातादेखि लगातार भारी वर्षा भइरहेको छ । 

केरलका १४ जिल्लामा गएको पहिरो र बाढीका कारण १ हजार ३१८ शिविरमा १ लाख ६५ हजार जनताले शरण लिएका छन् । 

अत्यधिक वर्षाका कारण केरलको कोच्चीस्थित अन्तर्राष्ट्रिय विमानस्थल समेत बन्द छ भने रेल सेवा पनि ठप्प छ ।

केरलमा गएको वर्ष पनि बाढी र पहिरोका कारण ४०० भन्दा धेरै व्यक्तिको ज्यान गएको थियो । 

त्यस्तै भारतको दक्षिणी राज्य कर्नाटकमा पनि बाढीका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ । 

कर्नाटकमा बाढी प्रभावित क्षेत्रका साढे तीन लाख जनालाई विभिन्न राहत शिविरमा स्थानान्तरण गराइएको छ । 

राज्य सरकारका अनुरास बाढीका कारण २१ हजार ४३१ घर र साढे चार लाख हेक्टरमा गरिएको खेतीमा क्षति पुगेको छ ।
 
प्रतिक्रिया दिनुहोस्