सोमबार, मंसिर ३०, २०७६

समाचार

प्रदेश २ मा भोलि सार्वजनिक बिदा, केन्द्रमा मुस्लिमलाई मात्रै

मुस्लिम धर्माबलम्वीहरुको चाड इद–ऊल–अजहा (बकर इद) को अवसरमा सोमबार सार्वजनिक बिदा दिइने भएकाे छ ।

प्रदेश २ मा भोलि सार्वजनिक बिदा, केन्द्रमा मुस्लिमलाई मात्रै
जनकपुरधाम- प्रदेश २ सरकारले सोमबार (भोलि) सार्वजनिक बिदाको घोषणा गरेको छ ।

मुस्लिम धर्माबलम्वीहरुको चाड इद–ऊल–अजहा (बकर इद) को अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदाको घोषणा गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउतले शुभकामना वक्तव्य जारी गर्दै बकरीदको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएका छन् ।

राउतले प्रदेश, देश तथा विदेशमा बस्नु हुने सम्पूर्ण इस्लाम धर्माबलम्बीहरुमा शुभकामना व्यक्त गर्दै यस पर्वले प्रदेश २ का साथै मुलुकभर भाइचारा, सुख र शान्ति वृद्धिको कामना गरेका छन् ।

यसैबिच, केन्द्र सरकारले भने मुस्लिम धर्मालम्बीलाई मात्रै बिदा दिने भएको छ । यसअघि भने सरकारले सबैलाई सार्वजनिक बिदा दिदैँ आएको थियो ।  
 
प्रतिक्रिया दिनुहोस्