सोमबार, मंसिर २३, २०७६

खेलकुद

ग्रिजमनको डेब्यु गोलसँगै बार्सिलोनाको फराकिलो जित

एन्टोनी ग्रिजमनको डेब्यु गोलसँगै स्पेनिस ला लिगा च्याम्पियन्स बार्सिलोनाले नेपोलीलाई पराजित गरेको छ । आइतबार बिहान भएको खेलमा बार्सिलोनाले नेपोलीलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको हो । 

ग्रिजमनको डेब्यु गोलसँगै बार्सिलोनाको फराकिलो जित
एजेन्सी- एन्टोनी ग्रिजमनको डेब्यु गोलसँगै स्पेनिस ला लिगा च्याम्पियन्स बार्सिलोनाले नेपोलीलाई पराजित गरेको छ । आइतबार बिहान भएको खेलमा बार्सिलोनाले नेपोलीलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको हो । 

बार्सिलोनाको जितका लागि लुइस सुआरेजले दुई तथा एन्टोनी ग्रिजमन र ओस्माने डेम्बलेले एक एक गोल गरे । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलको दोस्रो हाफमा चारवटै गोल सम्भव भएका थिए। 

खेलको ४८ औं मिनेटमा सुआरेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । त्यस्तै ५६ औं मिनेटमा ग्रिजमनले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । एट्लेटिको मड्रिडबाट बार्सिलोना आएपछि ग्रिजमनको यो पहिलो गोल हो । 

५८ औं मिनेटमा सुआरेजले व्यक्तिगत दोस्रो होल गर्दै बार्सिलोनालाई ३-० गोल अन्तरले अघी बढाए । ६३ औं मिनेटमा डेम्बलेले गोल गरेसँगै बार्सिलोना नेपोलीसँग ४-० को फराकीलो अन्तरले विजयी भएको हो । 
प्रतिक्रिया दिनुहोस्