सोमबार, मंसिर ३०, २०७६

समाचार

तन्जानियामा तेल ट्यांकरमा आगो लाग्दा ५७ को मृत्यु 

स्थानीय बासिन्दा दुर्घटना भएको ट्यांकरबाट चुहिंदै गरेको तेल संकलन गरिरहेका थिए। त्यसैबेला एक्कासी भएको विष्फोटका कारण ५७ जनाको मृत्यु भएको छ।

तन्जानियामा तेल ट्यांकरमा आगो लाग्दा ५७ को मृत्यु 
एजेन्सी– तन्जानियामा एक तेल ट्यांकर विष्फोट हुँदा ५७ जनाको मृत्यु भएको छ। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार तन्जानियाको मोरोगोरो शहरको मुख्य राजमार्गमा इन्धन बोकेको एउटा ट्यांकर पल्टिएको थियो। 

उक्त ट्यांकरबाट तेल चुहिन थालेपछि उक्त तेल आ–आफ्ना भाँडामा थापेर लैजान स्थानीय बासिन्दाको घुइँचो लाग्योे। त्यसैबेला ठूलो आवाज सहित उक्त ट्यांकरमा आगो लाग्यो। 

आगोको चपेटमा परेर कम्तीमा ५७ जनाको ज्यान गएको र एक सयभन्दा धेरै घाइते भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै स्काइ न्यूजले जनाएको छ।

मोरोगोर शहर तन्जानियाको राजधानी दार ए सलामबाट ३०० किलोमिटरको दूरीमा पर्छ। 

करिब एक महिनाअघि नाइजीरियामा पनि यस्तो घटना भएको थियो। त्यहाँको बेनुए पान्तमा सडकमा दुर्घटना भएको ट्यांकरबाट स्थानीय वासिन्दाले तेल चोर्न लाग्दा भएको विष्फोटमा परी ४५ जनाको ज्यान गएको थियो भने एकसय भन्दा बढी घाइते भएका थिए। 
प्रतिक्रिया दिनुहोस्