सोमबार, मंसिर ३०, २०७६

समाचार

हेटौंडामा डेंगुको महामारी, ८२ संक्रमित

धरानमा जस्तैगरि हेटौंडामा पनि डेंगुको प्रकोप फैलिएको छ । अहिलेसम्म हेडौंमा ८२ जना डेंगु संक्रमित भेटिएका छन् ।

हेटौंडामा डेंगुको महामारी, ८२ संक्रमित
हेटौंडा- धरानमा जस्तैगरि हेटौंडामा पनि डेंगुको प्रकोप फैलिएको छ ।

अहिलेसम्म हेडौंमा ८२ जना डेंगु संक्रमित भेटिएका छन् । यो क्रम बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । 

साउन १ देखि २३ गते ८२ जना डेंगु संक्रमित फेला परेका छन्। बिरामीमध्ये ३५ जनाभन्दा बढीले सरकारी अस्पतालमा तथा बाँकी निजी अस्पताल र क्लिनिकमा उपचारका लागि गएको जनाइएको छ ।

दिनहुँ आधा एक दर्जन भन्दा धेरै व्यक्ति डेंगुको आशंका गर्दै विभिन्न अस्पतालमा परिक्षणका लागि पुग्ने गरेको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ । 

डेंगु संक्रमणले प्रकोपको रुप लिदासमेत उपमहानगरपालिकाले सामान्य जनचेतना जगाउने र लामखुट्टेको लार्भा नष्ट गर्ने काम मात्रै गरेको भन्दै आलोचना भएको छ। डेंगु नियन्त्रका लागि प्रभावकारी कदम नचालेको स्थानीयको गुनासो छ ।

डेंगुको संक्रमणका कारण हेटौंडा गत वर्ष दुई जनाको मृत्यु भएको थियो। 
प्रतिक्रिया दिनुहोस्