सोमबार, मंसिर २३, २०७६

समाचार

पेट्रोल र डिजेल मूल्य बढ्यो, एलपी ग्यासको घट्यो

नेपाल आयल निगमले  इन्धनको मूल्य समायोजन गरेको छ । निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रति लिटर १ रुपैयाँ बढाएको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य ..

पेट्रोल र डिजेल मूल्य बढ्यो, एलपी ग्यासको घट्यो
काठमाडाैं- नेपाल आयल निगमले  इन्धनको मूल्य समायोजन गरेको छ ।

निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रति लिटर १ रुपैयाँ बढाएको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य २५ रुपैयाँ घटाएको छ । 

मंगलबार रातिबाट लागु भएको नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १०९ रुपैयाँ पुगेको छ भने डिजेल र मटितेलको ९७ रुपैयाँ भएको छ । मूल्य घटेपछि एक सिलिन्डर ग्यासको लागि १ हजार ३७५ रुपैयाँ तिर्नुपर्ने छ ।

हवाई ईन्धनको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ सूचीअनुसार इन्धनको मूल्य समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । ग्यासमा निगमले घाटा बेहोरेकोका कारण मूलय समायोजन गर्न नसकिएको भएपनि यसपटक केहि मूल्य घटाएको जानकारी दिए ।  

उनले भारतीय नाका रक्सौलबाट तेल तस्करी बढेका कारणले समस्या उत्पन्न भएको पनि जनाएका छन् । अहिले गरिएको मूल्य समायोजनपछि पनि नेपालतर्फको मूल्य रक्सौलको मूल्यको तुलनामा पेट्रोल र डिजलमा प्रतिलिटर क्रमशः १४.३७ र १५.४७ रुपैयाँ सस्तो छ ।
प्रतिक्रिया दिनुहोस्