विहीबार, माघ ९, २०७६

z
समाचार

गहना लुटेर हत्या प्रयास गर्ने २ पक्राउ 

बझाङमा महिलाको गहना लुटपाट गरि हत्या प्रयास गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

गहना लुटेर हत्या प्रयास गर्ने २ पक्राउ 
धनगढी - बझाङमा महिलाको गहना लुटपाट गरि हत्या प्रयास गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङको थलरा गाउँपालिका–६ का प्रेम बठायत र सौरव चौहान रहेको प्रहरीले जानकारी दिएको छ।

उनीहरुले थलारा गाउँपालिका–५ घर भएकी विमला खाती वलीको सोमबार साँझ ६ बजे घाँटी रेटेर गहना लुटपाट गरि भागेका थिए। दुवै जनाले महिलाको गहना लुटपाट घटनामा संलग्न रहेको स्वीकारेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्