मंगलबार, मंसिर ३, २०७६

मनोरञ्जन

'मिनी माउस' को निधन

डिजनी ल्यान्डको ‘मिकी माउस’ सन् १९९० ताकाको प्रख्यात कार्टुन हो। मिकी माउस धेरैले रूचाएका थिए।

'मिनी माउस' को निधन
डिजनी ल्यान्डको ‘मिकी माउस’ सन् १९९० ताकाको प्रख्यात कार्टुन हो। मिकी माउस धेरैले रूचाएका थिए। मिकी माउससँगै यस कार्टुनको अर्को महत्वपूर्ण पात्र हुन् - मिनी माउस। 

उनै मिनी माउसको आवाज दिने रूसी टेलरको गत शुक्रबार निधन भएको छ। उनको ७५ वर्षको उमेरमा मृत्यु भएको हो। 

‘द वाल्ट डिजनी’ का अध्यक्ष डिजनी बबले वाल्ट डिजनीको आधिकारिक पेजमा उनको निधनको जानकारी दिएका थिए। मिनी माउसको लागि रूसी टेलरले गत ३० वर्ष देखि आवाज दिँदै आएकी थिइन् । उनले अभिनेता वेन आल्विनसँग विवाह गरेकी थिइन् जसले मिकी माउसको आवाज दिएका थिए।
प्रतिक्रिया दिनुहोस्