सोमबार, मंसिर ३०, २०७६

समाचार

सिरहाकी महिलाले जन्माइन दुई टाउको भएको शिशु

सिरहाको कर्जन्हा नगरपालिकाको बल्टिया घर भएकी एक महिलाले दुई टाउको भएको शिशुको जन्म दिएकी छिन्।  

सिरहाकी महिलाले जन्माइन दुई टाउको भएको शिशु
जनकपुर- सिरहाको कर्जन्हा नगरपालिकाको बल्टिया घर भएकी एक महिलाले दुई टाउको भएको शिशुको जन्म दिएकी छिन्।  

२५ वर्षीया सविता वैद्यले विहिवार बेलुका साढे ५ बजे दुई टाउको भएको शिशु जन्माएकी हुन्।

 ६ महिनाको गर्भवती रहेकी उनी पेट दुखेपछि जनकपुर आएर मिहिलाल इन्टरनेशनल हस्पिटलमा भर्ना भएकी थिइन् । हस्पिटलका डा रुबि सिंहले शल्यक्रिया गरी शिशु बाहिर निकालेकी थिइन्। 

तर करिब डेढ घण्टामै शिशुको मृत्यू भएको अस्पताल प्रमुख रामबाबु यादबले जानकारी दिए। उनका अनुसार समय समेत नपुगेको अवस्थामा बच्चा जन्मिएपछि मृत्यु भएको छ। 

घाँटी भन्दा तलको भाग एउटै भएकाले बच्चालाई बचाउन गार्हो भएको डा सिंहले जानकारी दिइन्। महिलाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ। 
 
प्रतिक्रिया दिनुहोस्