बिहिबार, मंसिर ५, २०७६

विचित्र दुनिया

मोबाइलभन्दा सानो एसी

जापानको एक इलेक्ट्रोनिक्स कम्पनी सोनीले मोबाइलभन्दा पनि सानो एयर कन्डिसनर (एसी) बनाएको छ।

मोबाइलभन्दा सानो एसी
काठमाडौं- जापानको एक इलेक्ट्रोनिक्स कम्पनी सोनीले मोबाइलभन्दा पनि सानो एयर कन्डिसनर (एसी) बनाएको छ।

यो सानो एसी सर्ट र टिर्सटमा सजिलै बोकेर हिँड्न सकिन्छ। कम्पनीले यसको नाम रेओन पाकेट राखेको छ।

यसले मानिसलाई २४ सै घण्टा गर्मीमा चिसो र जाडोमा तातो दिने काम गर्छ।

कम्पनीका अनुसार यसलाई घाँटीको तलपट्टि लगाउन सकिन्छ। यसका लागि भिन्नै ब्याग पनि बनेको छ। यो ब्याग सानो, ठूलो र मध्यम आकारमा उपलब्ध छ।

रेओन एसी थर्मोइलेक्ट्रिक पेल्टियर तत्वबाट बनेको छ जसले छिटो तातो र चिसो गराउँछ। यस प्रकारको तत्व गाडी कुलर र बाइनाकुलरमा प्रयोग गर्ने गरिन्छ। यसलाई कम पावरमा पनि चलाउन सकिन्छ।

ए सी मा लिथियम ब्याट्री लगाइएको छ। दुई घण्टाको चार्जले दिनभर प्रयोग गर्न सकिन्छ। तर यसको उत्पादन जापानका लागि मात्र गरिएको हो।
प्रतिक्रिया दिनुहोस्