मंगलबार, कात्तिक २६, २०७६

समाचार

उफ ! बाँकेको गर्मी 

प्रचण्ड गर्मी र दिउँसो चल्ने तातो हावा (लू) का कारण बाँके जिल्लाको दैनिक जनजीवन प्रभावित बन्दै गएको छ ।  मध्यदिनमा करीब ४५/४६ डिग्री सेल्सियसको आसपास रहेको यहाँको तापक्रमका कारण जिल्लावासी जनजीवन अत्यन्त कष्टकर भएको छ । आवश्यक काम बाहेक स्थानीबासी बिहान र बेलुका घरवाट बाहिर निस्कदैनन् । 

उफ ! बाँकेको गर्मी 
प्रचण्ड गर्मी र दिउँसो चल्ने तातो हावा (लू) का कारण बाँके जिल्लाको दैनिक जनजीवन प्रभावित बन्दै गएको छ । 

मध्यदिनमा करीब ४५/४६ डिग्री सेल्सियसको आसपास रहेको यहाँको तापक्रमका कारण जिल्लावासी जनजीवन अत्यन्त कष्टकर भएको छ । आवश्यक काम बाहेक स्थानीबासी बिहान र बेलुका घरवाट बाहिर निस्कदैनन् । 

गर्मी बढदै गएपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति समेत पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री ह्वात्तै बढेको छ । 

यहाका बासिन्दाले गर्मीयाममा प्रायः काँक्रो, तरबुजा, खरबुजा, लस्सी, आइसक्रिम, कुल्फी अधिक सेवन गर्ने गर्दछन् । जेठको पहिलो सातादेखि बढेको प्रचण्ड गर्मी र तातो हावाका कारण सरुवा रोगका साथै घाउ, खटिरा, एलर्जी, झाडापखालाका बिरामीको चाप पनि स्थानीय अस्पतालमा बढ्न थालेको अस्पतालका चिकित्सक बताउँछन् । 

जिल्लाको भेरीअञ्चल अस्पताल, नेपालगञ्ज तथा कोहलपुर शिक्षण अस्पताल, जानकी अस्पताल, सिद्धार्थ अस्पतालमा दैनिक सरदर ३५/४० जना गर्मीका कारण हुने रोगका बिरामी उपचारार्थ आउने गरेको जनाइएको छ । 

अर्कोतर्फ गर्मी बढेसँगै नेपालगञ्जमा विद्युत् अनियमितताका कारण यहाँका नागरिकले थप कष्ट भोग्नु परेको छ । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रबाट वितरण हुँदै आएको विद्युत् नियमित नहुनु, भोल्टेज कम आउनु, कुनै पनि बेला बिना सूचना विद्युत् सेवा बन्द हुनुका कारण नागरिकले थप कष्ट व्योहोर्नुभएको छ । 
प्रतिक्रिया दिनुहोस्