सोमबार, मंसिर २३, २०७६

समाचार

प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलिया 

प्रदेश नं ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलियालाई  सिफारिश गरिएको छ । ​​​मुख्यमन्त्री डोरमणि पौडेलले ..

प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलिया 
हेटौँडा- प्रदेश नं ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलियालाई  सिफारिश गरिएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौँ महानगरपालिका १४ कलङ्की निवासी उनलाई बुधबार सो पदमा नियुक्तिका लागि सिफारिस गरेका हुन् ।

यसअघिका मुख्यन्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले आफ्नो पदबाट राजीनामा दिएका थिए । मुख्य न्यायाधिवक्ताको नियुक्ति प्रदेशका मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले गर्ने संवैधानिक व्यावस्था छ । 

बत्तीस वर्षअघि अधिवक्ता बनेर कानूनी क्षेत्रमा लागेका थपलिया विसं २०४८ देखि अधिवक्ताको रुपमा वकालत पेशामा क्रियाशील हुँदै दुई वर्षअघि वरिष्ठ अधिवक्ता भएका थिए । 

तत्कालीन नेकपा एमालेको अनुशासन आयोगको सदस्य भएर काम गरेका उनले राजनीति शास्त्रमा एमए र कानून विषयमा एलएलएम गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्