बुधबार, कात्तिक २७, २०७६

समाचार

गौशलाका दुईजना सई  १८ हजार घुससहित पक्राउ

महानगरीय प्रहरी प्रभाग गौशलामा कार्यरत २ जना प्रहरी नायब निरीक्षक (सई) घूससहित पक्राउ परेका छन् । अख्तियार ..

गौशलाका दुईजना सई  १८ हजार घुससहित पक्राउ
काठमाडौं- महानगरीय प्रहरी प्रभाग गौशलामा कार्यरत २ जना प्रहरी नायब निरीक्षक (सई) घूससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार साँझ १८ हजार घुस लिदैँ गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा सईद्धय रमेश कुमार पाण्डे र राजु स्वर्णकार रहेको अख्तियारले जनाएको छ । उनीहरुलाई अख्तियारको हिरासतमा राखेर थप अनुसन्धान भइराखेको जनाइएको छ ।
 
सेवाग्राहीसँग १८ हजार घुस लिँदैं गरेको अवस्थामा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्