सोमबार, मंसिर ३०, २०७६

समाचार

सुर्खेतको पर्सेनी क्षेत्र जलमग्न, सात घर डुवानमा

अविरल वर्षाका कारण सुर्खेतको पर्सेनी क्षेत्र डुवानमा परेको छ । वीरेन्द्रनगर–९ को तल्लो क्षेत्रमा अविरल वर्षापछि आएको बाढी ७ वटा घर डुवानमा परेका छन् । 

सुर्खेतको पर्सेनी क्षेत्र जलमग्न, सात घर डुवानमा
सुर्खेत- अविरल वर्षाका कारण सुर्खेतको पर्सेनी क्षेत्र डुवानमा परेको छ । वीरेन्द्रनगर–९ को तल्लो क्षेत्रमा अविरल वर्षापछि आएको बाढी ७ वटा घर डुवानमा परेका छन् । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख (एसपी) बसन्त रजौरेका अनुसार डुवानबाट मानवीय क्षती भने भएको छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले डुवान क्षेत्रमा परेका ३१ जनाको उद्धार गरिएको छ । निकास खोला बढ्नसाथ प्रहरी घटनास्थलमा तत्काल उद्धार गरेकै कारण मानविय क्षति हुनबाट जोगिएको प्रहरीको भनाई छ ।

वर्षासुरु भएदेखिनै प्रहरीले सजकता अपनाउन र खोला छेउछाउका घरमा नबस्न आग्रह गर्दै आएको थियो । वर्षाले वीरेन्द्रनगरका निर्माणधिन चार वटा पुलमा भने क्षति पुर्‍याएको छ । 

प्रहरीका अनुसार पर्सेनीमा लगाइएको धानबाली भने पूर्ण रुपमा नष्ट भएको छ । डुवानमा क्षेत्रमा दुई बंगुर समेत मरेका छन् भने दुई वटा कुखुरा फर्म बाढीले बगाएको छ । वर्षा भैरहेका कारण डुवान क्षेत्रमा प्रहरीले माइकिङ्ग गरिरहको छ । 
 
प्रतिक्रिया दिनुहोस्