बुधबार, कात्तिक २७, २०७६

समाचार

कफी, आलु र बियर नभए संसार कस्तो होला ?

हामीले आजसम्म खाँदै आएको कुरालाई सँधैका लागि गुमाउनुपर्ने अवस्था आउन सक्छ, त्यो पनि जलवायु परिवर्तनको असरका कारण।

कफी, आलु र बियर नभए संसार कस्तो होला ?
हामीले आजसम्म खाँदै आएको कुरालाई सँधैका लागि गुमाउनुपर्ने अवस्था आउन सक्छ, त्यो पनि जलवायु परिवर्तनको असरका कारण।

बढ्दो तापमान र मौसम प्रणालीमा आइरहेको फेरबदलका कारण अन्नपात उत्पादनमा कठिन अवस्था आउन सक्नेछ। साथै माछा तथा अन्य जनावरहरु पनि मर्न सक्नेछन्।

आउनुहोस् भविस्यमा के के बस्तु तपाईँको भान्साबाट गायब हुन सक्छन् र यसको कारण के हो छलफल गरौँ।

कफी र चिया

यदि तपाईँ विहानै उठेर चिया वा कफीको चुस्की लिन सोखिन हुनुहुन्छ भने तपाईँका लागि नराम्रो समाचार छ।

ग्लोबल वार्मिङका कारण सन् २०५० सम्म अर्थात ३१ वर्षपछि हाललाई जुन जमिन कफी उत्पादनका लागि उपयुक्त मानिएको छ त्यहाँ कफी आधा मात्रामा मात्रै उत्पादन हुनेछ। यतिमात्र होइन सन् २०८० सम्म कफीका कयौं बगैँचाहरु एकै पटक नासिनेछन्।

तान्जानिया अहिले चियाको मुख्य निर्यातकर्तामा एक हो। पछिल्लो ५० वर्षमा त्यहाँ कफीको उत्पादन घटेर आधा भएको छ।

यदि तपाईँलाई कफी छाडेर चिया पिउछु भन्नुहुन्छ भने पनि भारतका वैज्ञानिकले अर्को चेतावनी दिएका छन्।

चियाको बगैंचामा मनुसनबाट पोषण त प्राप्त भएको छ तर यसको गति बढेकाले चियाको स्वाद नै नमिठो हुँदैछ।

त्यसो भए अब नमिठो चिया पिउनका लागि तयार हुनुपर्छ।

चकलेट

चकलेट पनि ग्लोबल वार्मिङबाट प्रभावित हुने बस्तुका रुपमा रहेको छ। चक्लेटका लागि प्रयोग हुने कोकोका लागि प्रयाप्त तापक्रमको आवश्यकता छ।

तर यसको बोट भने कफीकै जस्तो बढ्दो तापक्रमका कारण नष्ट हुँदै जाने सम्भावना छ। साथै बढ्दो तापक्रम, वर्षा, माटोको मलिलोपन, घाम वा हावाको गति यी सबै कुरा ठिक्क मिलेको हुनुपर्छ।

इन्डोनेशिया र अफ्रिकाका कफी उत्पादकहरुले अहिले कोकोको खेतमा अरुनै वृक्षहरु रोप्न सुरु गरिसकेका छन्।

आगामी ४० वर्षमा घाना र आइभरी कोष्टको तापक्रम औसतमा २ डिग्री सेल्सियसले बढ्ने अनुमान गरिएको छ। यीनै दुई देश हुन् जसले संसारभर चक्लेट बनाउन प्रयोग हुने कोकोको दुई तिहाई
माग पुरा गर्छन्।

त्यसैले भविस्यमा चकलेटको अभाव हुनेछ अर्थात् महंगो हुनेछ।

माछा र चिप्स

माछाको आकार सानो हुँदै गएको छ। किनकी समुद्रको तापमान धेरै हुँदा त्यहाँ अक्सिजनको मात्रा कम हुँदै गएको छ।

अधिक कार्बन डाइअक्साईड सोस्दा महासागरहरुको पानी धेरै अम्लीय हुँदै गएको छ। जसका कारण शेलफिसजस्ता जीवका लागि कठिन भएको छ।

यसको एउटा उदाहरण पनि छ। पुरै संसारमा पाइने माछाको मात्रामा पाँच प्रतिशतले कमी आएको छ। जो व्यक्ति उत्तरी सागरमा माछा मार्छन् उनीहरु पहिलेको तुलनामा १ तिहाई माछा मात्र मरिरहेका छन्।

आलुको विषय के हो ?

आलु त जमिनमुनी फल्छ। तर आलु पनि सुख्खाबाट प्रभावित हुन्छ।

बेलायती सञ्चारमाध्यमहरुका अनुसार बेलायतमा २०१८ मा बढेको गर्मीका कारण आलुको उत्पादन एक चौथाईले घट्यो। जबकी आलुको साइजसमेत औसतमा ३ सेन्मिटरले घटेको छ।

ब्राण्डी, ह्वीस्की र बियर

दक्षिण–पश्चिम फ्रान्समा ६०० वर्ष पुरानो कग्न्याक्स (एक प्रकारको पुरानो ब्राण्डी) इन्डस्ट्री संकटको सामना गरिरहेको छ।

बढ्दो तापक्रमका कारण उक्त कम्पनीले प्रयोग गर्ने अंगुरमा मिठोपन निकै बढेको छ। जसका कारण ब्राण्डी बनाउन निकै कठिन भएको छ।

यस कारण उत्पादकहरुले यसको विकल्पबारे विचार गर्न थालेका छन्।

हरेक वर्ष यो समस्याबाट बच्नका लागि लाखौं युरो अनुसन्धानका लागि खर्च हुने गरेको छ। तर कुनै उपाय भेटिएको छैन।

त्यस्तै स्कटल्याण्डको प्रसिद्ध ह्वीस्कीले पनि यस्तै समस्या भोगिरहेको छ। ग्लोबल वार्मिङका कारण उनीहरुले शुद्ध पानीसमेत पाउन कठिन भएको छ।

केही समयअघिको गर्मीका कारण यस्ता ह्वीस्की उत्पादक थुप्रै कम्पनीहरु बन्दसमेत भएका छन्। मौसमविदहरुका अनुसार मौसम लगातार प्रतिकुल बन्दै गएको छ।

बेलायतको राष्ट्रिय मौसम सेवाकाअनुसार यदि औद्योगिक युगको तुलना गर्ने हो भने अब बेलायतमा प्रचण्ड गर्मी र सुख्खा लाग्ने आशंका ३० गुणाले बढेको छ।

बेलायत र आयरल्याण्डमा अब हरेक ८ वर्षमा प्रचण्ड गर्मी हुने आशंका गरिएको छ। बाँकी देशमा पनि यो अवस्था रहनेछ।

बियर बनाउने कम्पनीहरुमा पनि समस्या आएको छ। चेक रिपब्लिक र अमेरिकी बियर उत्पादक पानीको कमी र सुख्खाको कारण बियरका लागि आवश्यक अन्नको उत्पान घटेकोमा चिन्तित छन्।

के तपाईँ चिन्तित हुनु पर्दैन ?

तपाईँलाई लाग्ला, माथि जेजति भनिएको छ, त्यसमा मेरो कुनै सम्बन्ध वा सरोकार छैन।

तर सोच्नहोस् जुन हिसाबले पुरै संसारमा अचानक यस्तो फेरबदल आएको छ जसबाट हजारौं मानिसको दैनिक रोजीरोटीमा समस्या उत्पन्न हुनेछ।

कुरा प्रष्ट छ कि यो विषय खाली तपाईँको चियाको कप वा ह्वीस्कीको चुस्कीसँग मात्र जोडिएको विषय होइन।
-बीबीसी
प्रतिक्रिया दिनुहोस्