शुक्रबार, कात्तिक २९, २०७६

खेलकुद

हामी जितको हकदार भन्ने कुनै एक पल थिएन : मोर्गन

इंग्ल्यान्डका कप्तान इयोन मोर्गनले विश्वकप २०१९ को जसरी समापन भयो त्यो उचित नभएक्मो बताएका छन् । घरेलु टोलीले बाउन्ड्रिका आधारमा न्युजिल्यान्डलाई पछि पार्दै पहिलो पटक विश्वकपको उपाधि जितेको थियो । 

हामी जितको हकदार भन्ने कुनै एक पल थिएन : मोर्गन
एजेन्सी- इंग्ल्यान्डका कप्तान इयोन मोर्गनले विश्वकप २०१९ को जसरी समापन भयो त्यो उचित नभएक्मो बताएका छन् । घरेलु टोलीले बाउन्ड्रिका आधारमा न्युजिल्यान्डलाई पछि पार्दै पहिलो पटक विश्वकपको उपाधि जितेको थियो । 

फाइनल खेलमा निर्धारित ५० ओभरको खेल र सुपर ओभर पनि दुबै टिमको स्कोर बराबरी भएको थियो । दि टाइम्स्सँग कुरा गर्दै मोर्गनले भने, ‘म यो मान्दीन की दुबै टिमको स्कोरकाबीच कुनै रनको अन्तर विना उपाधि जितोस र फैसला होस् । जसले बरबरी खेलका बाबजुद पनि सकैले पराजय भेग्नु परोस् ।’ 

उनले थपे, ‘म थिए र मलाई थाहा छ की त्यहाँ के भएको छ भनेर । तर, म आउँला यठाँउदै यो भन्न सन्दैन की को खेल जित्यो र हार्यो ।’ उनले हाल आफु जितको हकदार भने खुलेर भन्न नसकेको बताएका छन् । 

‘खेलको कुनै एक पल यस्तो थिएन की हामी भन्न सकु जितको हकदार हौ । खेल धेरै रोमाञ्चक भएको थियो ।’ इंग्ल्यान्ड टिमले अगस्टमा अष्ट्रेलियासँग एशेज सिरिज खेल्दै छ । 
प्रतिक्रिया दिनुहोस्