मंगलबार, मंसिर २४, २०७६

खेलकुद

नेपालभारत मैत्रिपूर्ण भलिबल खेल हुने

नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले भारतसँग तीन मैत्रिपूर्ण खेल खेल्ने भएको छ । साउन अन्तिम साता देखी नेपालमा आयोजना हुने एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको तयारीमा रहेको नेपालले भारतसाग तीन मैत्रिपूर्ण खेल खेल्न लागेको हो ।  

नेपालभारत मैत्रिपूर्ण भलिबल खेल हुने
फाइल तस्बिर
 
काठमाडौ- नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले भारतसँग तीन मैत्रिपूर्ण खेल खेल्ने भएको छ । साउन अन्तिम साता देखी नेपालमा आयोजना हुने एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको तयारीमा रहेको नेपालले भारतसाग तीन मैत्रिपूर्ण खेल खेल्न लागेको हो ।  

मैत्रिपूर्ण खेलका लागि भारत नेपाल आउने छ । मैत्रिपूर्ण खेल साउन ९, १० र ११ गते हुने जानकारी गराएको छ । खेल लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा हुनेछ । 

नेपाली टोली अहिले सोही प्रतियोगिताको लागि दैनिक प्रशिक्षणमा व्यस्त रहेको छ । यतिबेला १८ सदस्यीय नेपाली टोली प्रशिक्षणमा व्यस्त छ । 
प्रतिक्रिया दिनुहोस्