मंगलबार, मंसिर २४, २०७६

खेलकुद

किरण मिनर्वा पन्जाबमा अनुबन्धित

नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङलाई भारतीय क्लब मिनर्वा पन्जाबले अनुबन्धित गरेके छ । भारतको शीर्ष डिभिजन लिग आई लिग खेल्ने पन्जाबले किरणलाई अनुबन्ध गरको हो । 

किरण मिनर्वा पन्जाबमा अनुबन्धित
काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङलाई भारतीय क्लब मिनर्वा पन्जाबले अनुबन्धित गरेके छ । भारतको शीर्ष डिभिजन लिग आई लिग खेल्ने पन्जाबले किरणलाई अनुबन्ध गरको हो । 

किरणलाई पन्जाबले बुधबार सामाजिक संजाल फेसबुमार्फत पोस्ट गर्दै क्लबमा अनुबन्ध गरेको जानकरी दिएको छ । किरणले सन् २०१७-१८ को सिजन पनि पन्जाबबाट खेलेका थिए । किरणले पन्जाबलाई आई लिगको उवाधि दिलाउन महत्वपूर्ण भुमिका खेलेका थिए । 

त्यसपछि माल्दिभ्सको टिसी स्पोर्ट्स पुगेका किरणले त्यहाँ रहेर पनि लिग उपाधि जिते । किरण गत सिजन माल्दिभ्स लिगको उत्कृष्ट गोलरक्षक पनि चुनिएका थिए । 

तर गत महिना किरणले राष्ट्रिय टोलीको खेललाई प्राथमिकतामा राखेपछि टिसी स्पोर्ट्सले उनीसँगको सहमति रद्द रगेको थियो । किरणले यसै महिना मिनेर्भासँग अनुबन्धन गर्ने बुझिएको छ । 
प्रतिक्रिया दिनुहोस्