विहीबार, फागुन १५, २०७६

z
विदेश

दुर्घटनामा परेर मलेशियामा २ नेपालीको मृत्यु 

मलेसियामा भएको सवारी दुर्घटनामा परेर दुई जना नेपाली युवाको मृत्यु भएको छ। 

दुर्घटनामा परेर मलेशियामा २ नेपालीको मृत्यु 
काठमाडौं- मलेसियामा भएको सवारी दुर्घटनामा परेर दुई जना नेपाली युवाको मृत्यु भएको छ। 

शुक्रबार मलेशियाको शाहआलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा दुर्घटना हुँदा कञ्चनपुर र नुवाकोटका दुई युवाको मृत्यु भएको हो । 

दुर्घटनामा परि ज्यान गुमाउनेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्ट र नुवाकोटका शिव दाहाल रहेको जनाइएको छ । 

आरएल कावालन प्रोमा सेक्युरिटी गार्डका रूपमा कार्यरत भट्टसँगै दाहालको समेत मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। मृत्यु हुने दुवैको शव स्थानीय अस्पतालमा राखिएको छ। 
प्रतिक्रिया दिनुहोस्