बुधबार, कात्तिक २७, २०७६

समाचार

भैरहवाका दुई विद्यालयमा कानून अध्यापन

भैरहवामा रहेको एक सामुदायिक र एक संस्थागत विद्यालयले यो शैक्षिक सत्रदेखि कानून विषयमा पठनपाठन शुरु गर्ने भएका छन्।

भैरहवाका दुई विद्यालयमा कानून अध्यापन
भैरहवा- भैरहवामा रहेको एक सामुदायिक र एक संस्थागत विद्यालयले यो शैक्षिक सत्रदेखि कानून विषयमा पठनपाठन शुरु गर्ने भएका छन्।

सामुदायायिक विद्यालयतर्फ भानु माध्यामिक विद्यालय र संस्थागत विद्यालय तर्फ न्यू ईरा माविले एसइई उत्र्तिण गरेका विद्यार्थिको लागि कानून विषयको पठनपाठन शुरु गरेका हुन्।

कानूनमा कक्षा ११ र १२ पास गरेपछि अभिकर्ताको लाईसेन्स पाईने र तत्काल जागिर पाउने विषय भएकोले एसइई दिएका विद्यार्थिको पहिलो रोजाईमा कानून विषय पर्ने देखिएको छ।

विक्रम सम्बत २०४८ सालमा रुपन्देही ल क्याम्पसमा कानुन पढाई हुने गर्दथ्यो।

पछि ०५४ सालतिर देशैभर कानुनको आइएल फेजआउट गरेता पनि कानून विषयको माग अत्याधिक रहेको रुपन्देही ल क्याम्पसका संस्थापक क्याम्पस प्रमुख प्रा.डा कपिलदेव लामिछानेले बताए। उनले भने, ‘सरकारले त्यतिबेला हटाएर गल्ती गरेको थियो। किनकी कानूनको अनविज्ञता क्षम्य हुदैंन भनिन्छ त्यसैले यसको महत्व अत्यन्तै छ।’

०५४ सालपछि पहिलोपटक पठनपाठन शुरु गर्ने उद्धेश्यले निश्चीत सिटसंख्यामा भर्ना खोलिएको भानु माविका प्राचर्य मोति सुवेदीले बताए। उनले भने, ‘अरु विषय महंगो पनि पर्ने र पढेपछि के गर्ने भन्ने ठेगान पनि नहुने गरेको परिवेशमा कानूनको विषयमा पठनपाठन गर्नेगरी भर्ना खोलेका छौं।’

चलनचल्तीमा रहेका विज्ञान, मानविकी, व्यवस्थापन, शिक्षा भन्दा कानून सबैभन्दा आकर्षणको विषय ठानेर क्याम्पसले यस बर्षदेखी कानून पढाउने तयारी गरेको न्यू ईरा उच्च माविका प्राचर्य लक्ष्मण ज्ञवालीले बताए। 
 
प्रतिक्रिया दिनुहोस्