शुक्रबार, जेठ २३, २०७७

z
खेलकुद

कोलम्बियालाई पेनाल्टीमा हराउँदै इङ्गल्याण्ड क्‍वाटरफाइनल प्रवेश

कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इङ्गल्याण्ड जारी विश्वकप फुटबलको क्‍वाटरफाइनलमा पुगेको छ ।  निर्धारित समय १-१ को बराबरी खेलेका दुवै टोलीले अतिरिक्त समयमा कुनै गोल गर्न नसक्दा नतिजा पेनाल्टी सुटआउटसम्म पुगेको थियो ।

कोलम्बियालाई पेनाल्टीमा  हराउँदै इङ्गल्याण्ड क्‍वाटरफाइनल प्रवेश
काठमाडौ-कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इङ्गल्याण्ड जारी विश्वकप फुटबलको क्‍वाटरफाइनलमा पुगेको छ । 

निर्धारित समय १-१ को बराबरी खेलेका दुवै टोलीले अतिरिक्त समयमा कुनै गोल गर्न नसक्दा नतिजा पेनाल्टी सुटआउटसम्म पुगेको थियो । पेनाल्टी सुटमा इङ्गल्याण्डले कोलम्बियालार्इ ४-३ गोल अन्तरले पराजित गरेको छ । 

खेलको ५७ औ मिनेटमा पेनाल्टी मार्फत गोल गरेको इङ्ल्याण्डले इञ्जुरी समयमा समालिन नसक्दा खेल १-१ को बराबरीमा पुग्यो । 

कप्तान ह्यारी केनलाई डीएरियाभित्र लडाएपछि पाएको पेनाल्टीमा ह्यारी केनले नै गोल गरेका थिए  । 

त्यसपछि कोलम्बियाले खेलको इञ्जरी समय अर्थात ९३ औ मिनेटमा आकर्षक कमव्याग गर्यो । कोलम्बियाका लागि सो गोल एरी. मिनाले गरेका हुन्। यो गोलसँगै खेल अतिरिक्त ३० मिनेटमा पुगेेको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि पेनाल्टी सुटमा इङ्गल्याण्डले कोलम्बियालार्इ ४-३ गोल अन्तरले पराजित गरेको हो। 

 इङ्गल्याण्डको यो जीतसँगै इङ्गल्याण्ड, ब्राजिल, फ्रान्स, उरूग्वे, स्वीडेन, बेल्जियम,रसिया तथा क्रोएशियाले अन्तिम आठमा स्थान पक्का गरेका छन् । 
प्रतिक्रिया दिनुहोस्