आईतबार, मंसिर १, २०७६

प्रविधि

बेइजिङ एयरपोर्टमा रोबोटिक पार्किङ

चीनको बेइजिङ इन्टरनेसनल एयरपोर्टमा रोबोटिक पार्किङको व्यवस्था सुरु भएको छ।

बेइजिङ एयरपोर्टमा रोबोटिक पार्किङ
काठमाडौं - चीनको बेइजिङ इन्टरनेसनल एयरपोर्टमा रोबोटिक पार्किङको व्यवस्था सुरु भएको छ। आठवटा रोबोटलाई गाडी पार्क गर्नका निम्ति राखिएको छ। रोबोटले गाडी पार्क गर्न मात्र एक मिनेट लिन्छ भने एक पटक चार्ज गरेपछि ६ घन्टासम्म रोबोटलाई आरामले चलाउन सकिन्छ।

ब्याट्री सकिएमा रोबोट आफँै पनि चार्ज गर्न चार्जिङ स्टेसन सजिलै जानसक्छ। स्मार्ट पार्किङमा क्यु आर कोड जडान गरिएको छ। कार कुन ठाउँ पार्क गरेको याद नभएमा क्यु आर कोड स्क्यान गरेर कार रहेको ठाउँ पत्ता लगाउन सकिन्छ।  
 
प्रतिक्रिया दिनुहोस्