शुक्रबार, जेठ २३, २०७७

z
खेलकुद

स्वीडेनको संघर्षपुर्ण जित, स्विट्जरल्यान्ड १-० ले पराजित

रुसमा जारी विश्वकपको प्रि-क्वाटरफाइनलको खेलमा स्वीडेनले संघर्ष पुर्ण जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ। स्वीडेनले स्विट्जरल्यान्डविरुद्ध १-० को झिनो अन्तरले जित निकालेको हो। स्वीडेनको जितका लागी एक मात्र गोल इमिल फोर्सबर्गले गरेका हुन्। उनले खेलको ६६औं मिनेटमा गोल गर्न सफल भए । टोइभोनेनको पासमा फोर्सबर्गले उत्कृष्ट गोल गरेका हुन।

स्वीडेनको संघर्षपुर्ण जित, स्विट्जरल्यान्ड १-० ले पराजित
काठमाडौं- रुसमा जारी विश्वकपको प्रि-क्वाटरफाइनलको खेलमा स्वीडेनले संघर्ष पुर्ण जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ। स्वीडेनले स्विट्जरल्यान्डविरुद्ध १-० को झिनो अन्तरले जित निकालेको हो। स्वीडेनको जितका लागी एक मात्र गोल इमिल फोर्सबर्गले गरेका हुन्। उनले खेलको ६६ औं मिनेटमा गोल गर्न सफल भए । टोइभोनेनको पासमा फोर्सबर्गले उत्कृष्ट गोल गरेका हुन।

पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए। दुवै हाफमा बल नियन्त्रणमा राखेपनि स्वीट्जरल्यान्डले गोल गर्न भने सकेन। स्वीट्जरल्यान्डले एकपछि अर्को गोल गर्ने अवसर खेर फालेको थियो। आक्रमक खेलेको स्विट्जरल्यान्डका खेलाडी विरुद्ध रेफ्रिले एक रातो कार्ड र दुई पहेलो कार्ड प्रयोग गरे। 

रातो कार्ड स्विट्जरल्यान्डका लाङ्ग विरुद्ध प्रयोग गरेका थिए । त्यस्तै स्विट्जरल्यान्डका खेलाडी विरुद्ध दुई र स्वीडेनका खेलाडी विरुद्ध एक पहेलो कार्ड प्रयोग गरेका छन्।
प्रतिक्रिया दिनुहोस्