मंगलबार, कात्तिक २६, २०७६

समाचार

‘खेतमा पानी छैन, कसरी मनाउनु धान दिवस ?’

आज अषाढ १५, अर्थात राष्ट्रिय धान दिवस । मुठी खाएर मुरी उब्जाउने दिनसमेत भत्रे गरिन्छ आजको दिनलाई।

 ‘खेतमा पानी छैन, कसरी मनाउनु धान दिवस ?’
जनकपुरधाम- आज अषाढ १५, अर्थात राष्ट्रिय धान दिवस। मुठी खाएर मुरी उब्जाउने दिनसमेत भत्रे गरिन्छ आजको दिनलाई। १६ औं धान दिवस संघीय तथा प्रदेश सरकारले तामझामका साथ मनाएका छन्।

 सरकारले राष्ट्रिय धान दिवस मनाइरहे पनि किसानहरुमा भने खासै उत्साहित देखिएका छैनन्। धान दिवसको अवसरमा पूर्वप्रधानमन्त्रीदेखि बहालबाला मन्त्रीहरुले समाजिक सञ्जालमा धान रोप्दै गरेको तस्बिरहरु सार्वजनिक गरिरहेका छन्। तर किसानहरु भने खासै उत्साहि देखिएका छैनन्।

 आधा अषाढ बितिसक्दासमेत पर्याप्त वर्षा नभएपछि रोपाईं कसरी गर्नेबारे किसानहरु चिन्तित देखिएका हुन्। आकाशे वर्षाको भरमा खेतीपाती गर्ने किसानहरुमा खडेरी त लाग्ने होइन भत्रे पीर देखिएको छ।

महोत्तरीको बर्दिवास नगरपालिका-१३ बिजलपुराकी सुमित्रादेवी महतोसँग १६ कठ्ठा खेत छ। तर, हालसम्म उनले एक कठ्ठा खेत पनि रोप्न सकेकी छैनन्। खेतमा पानी नहुँदा धानको बीउसमेत तयार हुन नसकेको उनले बताइन्।

‘खेतमा रोप्न वैशाख महिनामै धानको बेर्ना तयार पारेका थियौँ’ उनी भन्छिन्, ‘तर जेठमा वर्षा भएन्। सबै बेर्ना सुक्यो। बेर्ना सुकेपछि काटेर गाईलाई खान दियौं।’

अहिले १० हजार खर्चेर खेत तयार गरेर ४ हजारको बिउ खरिद गरेको भन्दै सुमत्रिाले थपिन्, ‘धान रोप्न १४ हजार खर्च गरिसकेका छौं। तर वर्षाको अत्तोपत्तो छैन्।’ सरकारले सिचाईंको व्यवस्था नगर्दा अकाशे खेतीमा भर पर्नुपर्ने अवस्थाका कारण रोपाईं हुन नसकेको उनको भनाइ छ।

बर्दिवास नगरपालिका वडा नम्बर ७ किसान नगरका गोपाल कार्कीले ट्युबवेलबाट ट्रयाक्टरमा पानी बोकेर गाग्रीले खेत पटाउने अवस्था आएको दुखेसो पोखे। यसअघि पानीको खासै समस्या नभएपनि यसपटक खेत रोप्न ठुलो समस्या परेको उनले बताए। वन फडानीका भूक्षयका कारण खोलानालामा पानीको समस्या हुँदा रोपाईंनै प्रभावित हुने उनको भनाइ छ।

यसैगरी बर्दिवास नगरपालिका–१३ बिजलपुराका सिंहमान पाख्रिन यसअघि आफूले उब्जाएको धानबाली बेच्न प्रयोग गर्दै आइरहेको टायर गाडा अहिले पानीको जोहो गर्न जुटेका छन्। गाउँमा भएभरका सबै इनार सुखिसकेको भन्दै कोशौ हिडेर पानी ल्याउनुपर्ने बेला धानदिवसको खासै अर्थ आफूहरुलाई नरहेको उनले बताए।

‘खेतमा पानी छैन। सिचाईं नहुँदा अकाशे पानी निर्भर हुनुपरेको छ,’उनले भने, ‘तर अहिलेसम्म पर्याप्त वर्षा भएको छैन्। खडेरी त पर्ने होइन भत्रे चिन्ताले पिरोलेको छ।’

प्रदेश २ का अधिकांश किसानहरुको अवस्था अहिले यस्तै भएको छ। कृषि मन्त्रालय तथा मन्त्रालयसँग सम्बन्धित सरकारी कार्यालयहरुले धान दिवसको अवसरमा कार्यक्रम मनाएर बजेट खर्चेपनि वर्षा नहुँदा किसानहरुमा रोपाईंको चिन्ता व्याप्त छ। अबपनि अकाशे खेतीमै भरपरेर खेती गर्नुभन्दा पनि सरकारले सिचाईंको व्यवस्था गरिदिए हुन्थ्यो उनीहरुलाई लागेको छ। 
प्रतिक्रिया दिनुहोस्