मंगलबार, कात्तिक २६, २०७६

समाचार

असार १५ मा हरियाली भैसक्ने खोकना यसपटक बाँझै (भिडियो/फोटोफिचर)

प्राय असार १५ मा हरियाली भइसक्ने खोकनाका फाँटहरु यसपाली सुक्खा छन्। 

असार १५ मा हरियाली भैसक्ने खोकना यसपटक बाँझै (भिडियो/फोटोफिचर)
ललितपुर- प्राय असार १५ मा हरियाली भइसक्ने खोकनाका फाँटहरु यसपाली सुक्खा छन्। 
 
किसानहरू यी सुख्खा खेतमा पसिना चुहाउँदै काम त गरिरहेका छन् तर भर भने आकाशे पानीको छ।

पानीको अभावले अधिकांश खेत बाँझै छन्। तर केही स्थानीयवासीले भने मोटर चलाएर बागमतीको पानी तानेर ‘असार १५’ मनाएका छन्। मोटर तानेर सबैका लागि खेत रोप्न कठिन छ।

असार १५ कै संस्कृतिका लागि भए पनि बागमतीबाट पानी तानेर सुख्खा खेत सिचाईँ गर्न किसानहरुलाई गाह्रो भएको सजिलै थाहा पाउन सकिन्छ।

बिउका ब्याडहरुमा धुले उडेको देखिन्छ भने फाँटजति सबै बाँझो छ।














प्रतिक्रिया दिनुहोस्