मंगलबार, कात्तिक २६, २०७६

समाचार

भक्तपुरमा ६० वर्षीया महिलाको घाँटी रेटी हत्या 

भक्तपुरको चागुनारायण नगरपालिका–६ खरीपाटीमा एक महिलाको घाँटी रेटी हत्या भएको छ।

भक्तपुरमा ६० वर्षीया महिलाको घाँटी रेटी हत्या 
काठमाडौं- भक्तपुरको चागुनारायण नगरपालिका–६ खरीपाटीमा एक महिलाको घाँटी रेटी हत्या भएको छ।

सिन्धुपाल्चोक घर भएकी ६० वर्षकी साबित्रा भट्टराईको हत्या भएको भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी सविन प्रधानले जानकारी दिए।

सावित्री छोरी ज्वाईँको घरमा बस्दै आएकि थिईन्। उनको विहान ११ बजेको आसपासमा हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ।

बिहान १०.३० बजे केही शंकास्पद व्यक्ति आवतजावत गरेको र हत्यामा उनीहरुबाटै भएको हुनसक्ने भन्दै प्रहरीले खोजीकार्य तीब्र पारेको छ।

साबित्राको खरिपाटीस्थित घरको पहिलो तल्लामा घाँटी रेटेर हत्या गरिएको अबस्थामा प्रहरीले सव फेला पारेको होे।

हत्याको समयमा उक्त घरमा परिवारका अन्य सदस्य नभएको समेत प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भैरहेको भक्तपुर प्रहरीले जनाएको छ।
 
प्रतिक्रिया दिनुहोस्