मंगलबार, कात्तिक २६, २०७६

समाचार

'सिरिन्‍ज आक्रमण' प्रकरण : प्रहरी अपरेशनमा तीनसय बढी पक्राउ 

उपत्यकामा ‘सीरिन्ज  आक्रमणको सन्त्रास फैलिरहेको अवस्थामा प्रहरीले गत शुक्रबार महाराजगंजबाट एक युवकलाइ पक्राउ गर्यो।

'सिरिन्‍ज आक्रमण' प्रकरण : प्रहरी अपरेशनमा तीनसय बढी पक्राउ 
काठमाडौं– उपत्यकामा ‘सीरिन्ज  आक्रमणको सन्त्रास फैलिरहेको अवस्थामा प्रहरीले गत शुक्रबार महाराजगंजबाट एक युवकलाइ पक्राउ गर्यो।

राती एकान्तमा देखिने महिलामाथि मोटरसाइकलमा सवार व्यक्तिले ‘सीरिन्ज  जस्तै तिखो बस्तुले घोच्ने र फरार हुने गरेको पाइएको थियो। एक हप्तासम्म देखा परेको प्रहरीका लागि टाउको दुखाई बनेको थियो। 

हालसम्म यस्तो घटनाबाट ६ युवती पीडित बनेका छन्। पीडितको उजुरीको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौ तथा अपराध अनुसन्धान महाशाखाको टोलीले अभियुक्त पक्राउ गर्न प्रहरी परिचालन तीब्र पारेको थियो। प्रहरीको सुक्ष्म निगरानीपछि उक्त घटानाका मूख्य अभियुक्त रामेछापका सन्तोष कार्की पक्राउ परे। काठमाडौंको महाराजगंजमा होटल व्यवसाय संचालन गर्दै आएका
कार्की रेष्टुरेन्ट बन्द गरेर राती अबेर घर फर्कन्थे र बाटोमा एक्लै भेटिएका महिलालाई तिखो बस्तुले घोचेर फरार हुन्थे।

‘सीरिन्ज  आक्रमण’ को नामले चिनिएको घटनामा सन्तोष कार्कीको पक्राउ र उनले दिएको बयानपछि प्रहरीले एउटा नयाँ अपरेशन सुरु गरेको छ। लागुऔषध विरुद्धको अपरेसन। वैदेशिक रोजगारीबाट नेपाल फर्किएर होटल व्यवसाय संचालन गरेका कार्की लागूऔषको प्रयोगकर्ता भएको र उनले मानसिक सन्तुलन समेत गुमाएको हुनसक्ने आशंका गरेको छ। सन्तोष साच्चिकै मानसिक रोगी हुन् वा होइनन् भन्ने विषयमा स्वास्थ परिक्षण हुन बाँकी छ।

मानसिक समस्या

सन्तोषले आफूले ‘सीरिन्ज  आक्रमण नभई रमाइलोको लागि तिखो किला (ढलान किला) ले घोच्ने र भाग्ने गरेको बयान दिएका छन्। सन्तोषको बयानसंगै प्रहरीले यो घटनाको मुख्य कारण लागूऔषध दुव्र्यसन हुनसक्ने भन्दै यस्ता घटना हुन नदिन दुव्र्यसनविरुद्धको अपरेसन तीब्र बनाएको हो।

महानगरीय प्रहरी परिसरका एसपी अशोक सिंह भन्छन्, ‘विकृत मानसिकताबाट सिर्जना हुने अपराधबारे कार्कीले गरेको गतिबिधी एक उदाहरण हो। यसको मुख्य कारण लागूऔषध तथा मादक पदार्थ सेवन भएकाले त्यसको निराकरण गर्न काठमाडौ प्रहरीले विषेश अपरेशन सुरु गरेको छ।

सिंहका अनुसार पछिल्लो तीन दिनमा मात्र उपत्यकाबाट तीन सय बढी लागूऔषध दुव्र्यसनी पक्राउ परेका छन्। परिसरले दुव्र्यसनविरुद्धको अपरेशनलाई पछिल्लो समय तीब्र पारेको छ। जसका लागि सादा पोशाकका प्रहरीको परिचालन बढाइएको छ भने सर्च अपरेशनसमेत सुरु गरिएको छ।

दुर्व्यसनी

उपत्यकाको मुख्य नाकाहरुमा स्न्यापिङ्ग डगबाट लागूऔषधोको सर्च गरिएको छ भने दुर्व्यसन बढी हुने स्थान ठमेल, नयाँ बसपार्क, बालाजु, गौशाला चाबहिल कलंकीलगायतका स्थानमा स्क्यानिङ्ग तथा सुक्ष्म निगरानी बढाइएको छ। 

परिसरका अनुसार ‘सीरिन्ज  आक्रमण भनिए पनि कार्कीले ‘सीरिन्ज  नभई ढलानमा प्रयोग गरिन मसिनो तारले घोच्ने र फरार हुने गरेका थिए। 

परिसरले कार्कीको विस्तृत स्वास्थ परिक्षण सोमबार गर्ने जनाएको छ। नेपालमा पछिल्लो समय लागूऔषधको प्रयोकर्ता बढेसंगै अपराधका घटनामा पनि वृद्धि भएको छ। नेपालमा तीन लाख बढी लागूऔषध प्रयोगकर्ता रहेको तथ्यांक छ। त्यसमध्ये अधिकांश युवायुवती रहेकाले यो समस्या सुरक्षा चुनौतिको रुपमा विश्लेषण गरी प्रहरीले लागूऔषध नियन्त्रणमा विषेश अपरेशन सुरु गरेको हो।

कुनै खास जटिल रोग सार्न काठमाडौंमा ‘सीरिन्ज  आक्रमण भएको हो कि भन्दै सर्वसाधारणमा त्रास फैलिए पनि ‘सीरिन्ज  नभई ढलानमा प्रयोग हुने किला आक्रमण भएको र यो विषयमा थप अनुसन्धान भैरहेको परिसरले स्पष्ट पारेको छ। पीडित महिलाको प्रारम्भिक स्वास्थ्य परिक्षणमा त्यस्तो कुनै नयाँ रोगको संक्रमण फेला परेको छैन।

मुलुकी अपराध संहिताअनुसार यसरी कुनै व्यक्तिलाई गरिएको आक्रमणबाट पीडितमा कुनै संक्रमण फैलिएमा पाँच वर्ष कैद वा एक लाख जरिबाना वा दुबै सजायँ हुन सक्ने कानूनी व्यवस्था रहेको छ।
 
प्रतिक्रिया दिनुहोस्