मंगलबार, कात्तिक २६, २०७६

खेलकुद

सुआरेज पेनाल्टीमा चुक्दा उरुग्वे बाहिरियो

बार्सिलोनामा स्टार स्ट्राइकर लुईस सुआरेज पेनाल्टीमा चुक्दा उरुग्वे कोपा अमेरिका फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । शनिबार राति पेरुसँग भएको खेलमा उरुग्वे पेनाल्टी सुटआउछमा ५-४ ले पराजति हुँदौ प्रतियागिताबाट बाहिरिएको हो । 

सुआरेज पेनाल्टीमा चुक्दा उरुग्वे बाहिरियो
एजेन्सी- बार्सिलोनामा स्टार स्ट्राइकर लुईस सुआरेज पेनाल्टीमा चुक्दा उरुग्वे कोपा अमेरिका फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।

शनिबार राति पेरुसँग भएको खेलमा उरुग्वे पेनाल्टी सुटआउछमा ५-४ ले पराजति हुँदौ प्रतियागिताबाट बाहिरिएको हो । 

निर्धारित समेयको खेलमा दुबै टोलीले गागेल रहित बराबरी दखेले पनि खेलको निर्णय पोनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा भने पेरुले बाजी मार्यो । खेल अवधीभर पेरुलाई  दबाबमा राखेको उरुग्वेका लागि पिएसजीका स्टार स्ट्राइकर एडिन्सन काभानी र बार्सिलोनामा स्टार स्ट्राइकर सुआरेजले गोल गरेका थिए ।

तर, उक्र गोल अफ साईड भन्दै रेफ्रीले मान्यता दिएन् । त्यसपछि पेनाल्टी सुटआउटमा सुआरेज चुक्दा उरुग्वे पराजित भएको हो । पेरुका लागि एडिसन फ्लोरेज, लुइस एड्विन्चुला, योशिमर योटुन, राउल रुइडियाज र पाओलो गुएरेरोले पेनाल्टीमा गोल गरे । 

उरुग्वेका लागि एडिन्सन काभानी, क्रिस्टियन स्तुयनी, रोड्रिगो बेन्टाङ्कुर र लुका तोरेइरा डी पास्कुयाले गेल गर्दा सुआरेज भने चुकेका हुन् । अब पेरुले फाइनल प्रवेशका लागि सेमिफाईनलमा चिलीको सामना गर्ने छ । त्यस्तै अर्को सेमिफाइनल खेलमा आयोजक टोली ब्राजिलले अर्जेनिटनाको सामना गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्