शुक्रबार, जेठ २३, २०७७

z
खेलकुद

ब्राजिललाई खुशी दिलाएका नेयमारले दुनियाँलाई दिक्क बनाए

खेलको अन्तिम १६ मिनेटमा जुन व्यवहार उनले देखाए त्यसले भने धेरैलाई दिक्दार बनाएको अनुमान विश्वले नै लगाएको छ। उनको समर्थकको लागि नेयमारको गोल मात्र होइन उनको ‘नौटंकी’ पनि प्यारो नै लागेको छ। ब्राजिलका विरोधीले ‘नौटंकी’ नै मान्लान्।

ब्राजिललाई खुशी दिलाएका नेयमारले दुनियाँलाई दिक्क बनाए
काठमाडौं- सायद, मेस्सी र रोनाल्डोपछि विश्वभर स–साना बच्चाहरूसमेतको मुखमा झुण्डिने अर्को खेलाडीको नाम हो, नेमार । स्टार खेलाडहिरूको खेलको चर्चा सँधै चुलिएकै हुन्छ । त्यो उनीहरूको सकारात्मक होस् वा नकारात्मक खेल प्रर्दशनी।
 
विश्वकपमा धेरै नयाँ खेलाडीको उदय भएको छ भने पुराना र स्थापित खेलाडी जस्तै, मेस्सी, रोनाल्डोको प्रदर्शनीको पनि चर्चा भयो । जति भयो त्यो उनीहरूको मैदानमा खेल कौशलता वा खराब प्रर्दशनी कै भयो।
 
यस्तैमा पर्छन, नेमार पनि । अर्जेटिना र पोर्चुगलले राउन्ड १६ बाट बिदा लिर्ईसकेका छन् भने ब्राजिल राउन्ड ८ को लागि छनोट भएको छ। यसले ब्राजिल तथा नेयमारका फ्यानको लागि निकै खुशी पारेको छ।

क्वाटरफाइनलको यात्राको लागि नेयमारको व्यक्तिगत एक गोल रह्यो भने अर्को गोलमा उनको एस्सिट राम्रो थियो। खेलको अन्तिम १६ मिनेटमा जुन व्यवहार उनले देखाए त्यसले भने धेरैलाई दिक्दार बनाएको अनुमान विश्वले नै लगाएको छ। उनको समर्थकको लागि नेयमारको गोल मात्र होइन उनको ‘नौटंकी’ पनि प्यारो नै लागेको छ। ब्राजिलका विरोधीले ‘नौटंकी’ नै मान्लान्।

तर, जो नेयमारमा विषयमा तटस्थ छन्, उनीहरूको लागि उनीप्रति सकारात्मकताभन्दा नकारात्मक प्रतिक्रिया बढी आएको छ । यसले नेयमारको छवि प्रति कौशल खेलाडीसँगै नौटंकी खेलाडीको पनि धब्बा लगाएको छ।



स्वंयम ब्राजिलियन अखबारले प्रिक्वाटरफाइनलमा  मेक्सिकीकोसँगको खेल पछि ‘नेमारले ब्राजिललाई खुशी, विश्वलाई चिढाए’ शिर्षकमा समाचार प्रकाशन गरेको छ। यसबाट उनी प्रतिको असन्तुष्टी प्रष्ट हुन्छ। 

बुझ्न नसकिएको यो छ कि, उनले यो साँच्चै नै पिडा कै कारणले गरेका हुन् वा खेलमा पेनाल्टी, फल वा अन्य कुनै सुविधाको अभिप्रायले गरेका हुन् । तर, यसले उनको विश्वस्तरमा खेलको गलत अर्थ पैदा गराएको विश्लेषण भइरहेको छ।

के भन्छन् अन्य खेलाडी तथा फुटबल विषेशज्ञ ?

एस्टन भिल्लाका पूर्व स्ट्राइकर  डिओन डब्लिनले बिबिसी रेडियो फाइभ लाइभमा ‘आई एम एम्बेसेस्ड् फर नेयमार’म नेयमारलप्रति लज्जित छु भनेका छन् । ’
उनी संसारको अब्बल दर्जाका खेलाडीमा गनिन्छन् र हुन् पनि । तर, जब उनी पिचमा लड्छन्, त्यो भने बुझ्न गाह्रो लाग्यो।
 
उनी आफैंमा योग्य खेलाडी हुन् र सक्छन् पनि। 

‘कम अन योंग म्यान यु आर बेटर द्यान द्याट, जेट अन विथ गेम’ उनले थपेका थिए।
  
त्यस्तै, ‘फुटबलको नाममा कुनै एक खेलाडीले देखाएको यस्तो प्रवृत्तिले नकारात्मक आभास पैदा गर्छ । यो भ्रमित गर्ने खेल प्रवृत्ति रहेकोे मेक्सिकोका म्यानेजर जुआन कार्लाेस ओसोरीले भनेका छन्।
 
मेक्सिकोका खेलाडी मिगुल ल्युङगले फुटबल लिने क्रममा जानीनजानी नेयमारको गोलीगाँठोमा टेकिएको थियो, जसले खेलमा केही समय रूकावट पैदा गर्‍यो। त्यस समय जर्मन पत्रकारले ‘ इट्स नेयमार’ भनेर उल्लेख गरेका थिए।

हुनसक्छ त्यस समय, उनलाई पिडा नै भएको थियो तर, यस अघिका खेलमा उनको लडाइले यसमा उनलाई सहानुभूति भन्दा पनि नकारात्मक प्रतिक्रिया नै दिलायो।
 
नेमारका सबल र दुर्बल पक्ष

मेक्सिकोसँगको खेलसँगै, विश्वकपको करिअरमा नेयमारको छैटौँ गोल हो। यति गोलको लागि मेस्सीलाई ६७ प्रहार र रोनाल्डोलाई ७४ गर्नुपरेको थियो। जबकी नेमारले जम्मा ३८ प्रहारमा भ्याए। उनको ४० ड्रिबल छ भने सबैभन्दा बढी फउल खाएका पनि उनी नै छन्। उनले २३ फउल खाएका छन्।
 
यसका बावजुद पनि सामाजिक सञ्जालहरूमा पनि उनको ट्राले निकै बढेको छ । नेयमारको  आठवटा  फोटो देखाई उनको पिडाको अन्दाजी लगाउन भनिएको जस्ता अनेकौँ ट्रोल बनेका छन्। स्वीजरल्यान्डसँगको खेलमा पनि उनले ग्राउन्डमै नाटकीय रूपमा गरेको ‘रोल’ को पनि नकारात्मक सन्देश गएको छ।

खेल अवश्य जितको लागि हो। विश्वकप जित्ने होडबाजी सबैमा रहन्छ, तर, नेयमारको यस प्रवृत्तिले विश्वकप चुम्दाचुम्दै पनि उनको योग्यता नठहरिने हो कि भन्ने प्रश्न उठेको छ। ब्राजिलका सर्मथक तथा नेयमारका फ्यानको लागि  नेयमारको प्रवृत्ति उनीहरूको आफ्नै ‘जज’ गर्ने तरिका रहलान्। तर, त्यो भन्दा पनि महत्वपूर्ण हो, विश्वकप जस्तो प्रतिष्ठित खेलमा उनको दक्षता र योग्यता। विश्वकपको होड बाजी एक तर्फ रहेको छ, भने एउटा खेलाडीले पाउने इज्जत जितमा होस् वा हारमा अझ बढी महत्व राख्छ।  बीबीसीको सहयोगमा 
प्रतिक्रिया दिनुहोस्