मंगलबार, कात्तिक २६, २०७६

समाचार

स्वाभीमानी कांग्रेस खोज्‍‍ने बेला आयो : नेता सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले स्वामिमानी कांग्रेस खोज्ने बेला आएको भन्दै नेतृत्वप्रति तीब्र असन्तुष्ठी जाहेर गरेका छन्।

स्वाभीमानी कांग्रेस खोज्‍‍ने बेला आयो : नेता सिटौला
काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले स्वामिमानी कांग्रेस खोज्ने बेला आएको भन्दै नेतृत्वप्रति तीब्र असन्तुष्ठी जाहेर गरेका छन्।
सोमबार राजधानीमा आयोजित कार्यक्रममा नेता सिटौलाले कांग्रेसभित्र व्यथिति र सैद्धान्तिक विचलन आएको भन्दै कार्यकर्ता भित्र कांग्रेसी स्वभिमान खोज्नुपर्ने बेला आएको बताएका हुन्। 
वीपीको सिद्धान्त सम्झेर मात्रै नहुने भन्दै उने व्यवहारमा देखाउन नेतृत्वको ध्यानाकर्षण गराए।
नेतृत्वको इच्छाशक्ति भए कांग्रेस एकता सम्भव रहेको उल्लेख गर्दे सिटौलाले मुखले भन्दैमा मात्रै एकता नहुने बताए। 

उनले भने,‘एक हौँ भनेर एक होईँदैन। हात उठाएर एक भर्इँदैन। एउटै थालमा भात खाएर एक भईँदैन। विचारमा एकता, नीतिमा एकता, संगठनमा एकता, मूल्य मान्यतामा एकता, संस्कारम एकता, मुल्यांकनमा एकता हुन्छ। विचारपद्धतिमा नहिँडी मनपरी गरेर अनि मिलेर खाउँ है भनेर एकता हुदैन।’
सरकारले आफुलाई कम्युनिष्ट पार्टी र कम्युनिष्ट कार्यकर्ताको सेवक ठान्ने र विप्लब समूहमाथिको मुर्खतापूर्ण कारवाहीका कारण मुलुकको राजनीतिक परिवेश दुर्घटना उन्मुख भएको टिप्पणी उनले गरे। यस्तो अवस्थामा मुलुक र मुलुकबासीको रक्षाका लागि सशक्त प्रतिपक्षीको रुपमा कांग्रेसले सरकारलाई दबाब दिन सक्नुपर्ने बताए।
उनले मुलुकलाई संभावित खतराबाट बचाउन कांग्रेस चनाखो भएर उभिनुपर्ने आवश्यकता औल्याए।
 
प्रतिक्रिया दिनुहोस्