शुक्रबार, मंसिर २७, २०७६

अर्थ

सुमार्गीले कर छलेको ठहर : ४ अर्ब ३२ करोड तिर्नुपर्ने

चर्चित व्यवसायी अजय सुमार्गीको स्वामित्वमा रहेको नेपाल स्याटेलाइटले पुँजीगत लाभकर स्वरुप ४ अर्ब ३२ करोड रुपैयाँ तिर्नुपर्ने भएको छ ।

सुमार्गीले कर छलेको ठहर : ४ अर्ब ३२ करोड तिर्नुपर्ने
काठमाडौं- चर्चित व्यवसायी अजय सुमार्गीको स्वामित्वमा रहेको नेपाल स्याटेलाइटले पुँजीगत लाभकर स्वरुप ४ अर्ब ३२ करोड रुपैयाँ तिर्नुपर्ने भएको छ ।
 
सर्बोच्च अदालते स्याटेलाइटको स्वामित्व विक्रीमा पुँजीगत लाभकरको रकम असुल्नको लागि सर्वोच्च अदालतले बाटो खोलीदिएपछि सो रकम तिर्नुपर्ने भएको हो ।
 
नेपाल स्याटेलाइटका तर्फबाट रोजिन गिरीले जेठ १  र असार २ गते दायर गरेको आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरले गरेको कर निर्धारण विरुद्धको दुई वटा मुद्धामा शुक्रबार न्यायधिशद्धय सुष्मालता माथेमा र डा.मनोजकुमार शर्माको इजलासले अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको थियो ।
 
अदालतले अन्तरिम आदेश जारी नगरेपछि कर कार्यालयले पुँजीगत लाभकर असुल उपर गर्न पाउने छ । आर्थिक वर्ष २०६८/०६९ मा साइप्रसको एयरवेल सर्भिसेसबाट नेपाल स्याटेलाइटको स्वामित्व टेलियासोनेरालाई बेच्दा भएको पुँजीगत लाभमा कर निर्धारण गरेको हो।

यसअघि न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलाशले विपक्षीहरु आन्तरिक राजस्व कार्यालय बानेश्वर, आन्तरिक राजस्व विभाग र अर्थ मन्त्रालय विरुद्ध कारण देखाऊ आदेश जारी गरेको थियो।

एयरवेलले टेलियासोनेरालाई पाँच अर्ब ७१ करोड रुपैयाँमा नेपाल स्याटेलाइटको शेयर बेचेको थियो। यसमा पाँच अर्ब ६३ करोड ५० लाख ५० लाख रुपैयाँ पुँजीगत लाभ भएकोले त्यसको २५ प्रतिशत कर निर्धारण भएको कार्यालयले जनाएको छ।

यो कारोबारमा लाग्ने एक अर्ब ४० करोड रुपैयाँ कर तथा त्यसको दोब्बर जरिवाना र ब्याजसमेतर गरी वैशाख ३१ गते चार अर्ब ३१ करोड ९५ लाख ७९ हजार ६८८ रुपैयाँ कर निर्धारणको पत्र जानकारी गराइएको थियो। सुरुमा कर कार्यालयको पत्र बुझ्न अस्वीकार गरे पनि नेपाल स्याटेलाइटले करको पत्र बुझी सर्वोच्च अदालतमा कर निर्धारण विरुद्ध मुद्दा दायर गरेको थियो।
 
प्रतिक्रिया दिनुहोस्