मंगलबार, कात्तिक २६, २०७६

खेलकुद

अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाईनलमा

कतारलाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ । आईतबार राति भएको खेलमा कतारमाथी २-० गोलको जित निकाल्दै अर्जेन्टिनाले क्वाटरफाईनलमा प्रवेश गरेको हो ।

अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाईनलमा
एजेन्सी- कतारलाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ । आईतबार राति भएको खेलमा कतारमाथी २-० गोलको जित निकाल्दै अर्जेन्टिनाले क्वाटरफाईनलमा प्रवेश गरेको हो ।

क्वाटरफाईनलको जितका लागि लौटारो मार्टिनेज र सर्जियो अग्युरोले एक एक गोल गरे । पहिलो हाफमा १-० को अग्रता बनाएको  अर्जेन्टिनाले दोस्रो हाफमा थप एक गरेको थियो । 

खेलको चौंथो मिनेटमा नै मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई चौथो मिनेटमा अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा थप एक गोल गर्ने क्रममा खेलको ८२ औं मिनेटमा सर्जियो अग्युरोले गोल गर्दै अर्जेन्टिनालाई महत्वपूर्ण जित दिलाए । सुरुवाती दुई खेलबाट अर्जेन्टिना मात्र एक अंक जोडेको थियो ।

समुह चरणको अर्को खेलमा पाराग्वे कोलम्बियासँग पराजित भएपछि अर्जेन्टिना समुह उपविजेता बन्दै क्वाटरफाईनलमा प्रवेश गरेको हो । आईतबार राती नै भएको खेलमा कोलम्बियाले पाराग्वेलाई १-० ले पराजित गरेको हो । यससँगै कोलम्बिया सतप्रतिशत जित निकाल्दै क्वाटरफाईनलमा प्रवेश गरेको हो । 
प्रतिक्रिया दिनुहोस्