शुक्रबार, जेठ २३, २०७७

z
खेलकुद

ब्राजिल र मेक्सिको गोलरहित बराबरीमा 

पाँच पटकको विश्वविजेता ब्राजिल र मेक्सिकोबीचको खेल शुरु भएको छ ।  खेल शुरु भएको ४० मिनेट बितिसक्दा सम्म दुबै टोलीबाट कुनै गोल हुन सकेको छैन । दूबै टोली शुरुवात देखिनै आक्रमक खेल खेलिरहेका छन् । मेक्सिकोको काउन्टर एट्याक उसको सबै भन्दा बलियो पक्ष हो ।

ब्राजिल र मेक्सिको गोलरहित बराबरीमा 
काठमाडौं–पाँच पटकको विश्वविजेता ब्राजिल र मेक्सिकोबीचको खेल शुरु भएको छ । 

खेल शुरु भएको ४० मिनेट बितिसक्दा सम्म दुबै टोलीबाट कुनै गोल हुन सकेको छैन । दूबै टोली शुरुवात देखिनै आक्रमक खेल खेलिरहेका छन् । मेक्सिकोको काउन्टर एट्याक उसको सबै भन्दा बलियो पक्ष हो ।

मेक्सिकोका लागी जेभियर हर्नान्डेज (चिचारितो), हिर्भिङ लुजानो र कार्लाेस भेलाले जुनसुकै बेला पनि खेललाई परिवर्तन गर्न सक्ने क्षमता राख्ने खेलाडी हुन। 

त्यस्तै गोलरक्षक गुल्लेर्मो ओचवाको उच्च प्रदर्शनले ब्राजिललाई टाउको दुखाई बनेका छन् । उनले उत्कृष्ट बचाउ गरी रहेका छन् । हरेक पोजिसनमा उत्तिकै अब्बल खेलाडी रहेको ब्राजिलको मुख्य आकर्षणको रुपमा ब्राजिली युवा स्टार नेयमार रहेका छन् । 

तर, नेयमारले भने अपेक्षा अनुसारको खेल्न सकिरहेका छैनन् । मुख्य गरी नेयमारको प्रेरणामा रहेको ब्राजिली टिममा यसपटक फिलिपे कौटिन्होले गज्जवको प्रदर्शन गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्