शुक्रबार, जेठ २३, २०७७

z
खेलकुद

ब्राजिल र मेक्सिकोबीचको खेल शुरु

रुसमा जारी विश्वकप फुटबलमा अहिले नकआउट चरणको पाँचौ खेल शुरु भएको छ । अहिले पाँच पटकको विश्वविजेता ब्राजिल र मेक्सिकोबीच प्रतिस्पर्धा शुरु भएको छ ।  समूह चरणको पहिलो खेलमै विश्वविजेता जर्मनीलाई पराजित गर्दै अघि बढेको मेक्सिको ब्राजिललाई स्तब्ध पार्दै अघिल्ले चरणमा पुग्ने योजनामा मैदानमा उत्रेको छ । दोस्रो खेलमा दक्षिण कोरियालाई २-१ ले पराजित गरेको मेक्सिबको ब्राजिलविरुद्धको खेलमा पनि यही प्रदर्शनलाई निरन्तरता दिने योजनामा हुनेछ ।

ब्राजिल र मेक्सिकोबीचको खेल शुरु
काठमाडौं- रुसमा जारी विश्वकप फुटबलमा अहिले नकआउट चरणको पाँचौ खेल शुरु भएको छ । अहिले पाँच पटकको विश्वविजेता ब्राजिल र मेक्सिकोबीच प्रतिस्पर्धा शुरु भएको छ । 

समूह चरणको पहिलो खेलमै विश्वविजेता जर्मनीलाई पराजित गर्दै अघि बढेको मेक्सिको ब्राजिललाई स्तब्ध पार्दै अघिल्ले चरणमा पुग्ने योजनामा मैदानमा उत्रेको छ । दोस्रो खेलमा दक्षिण कोरियालाई २-१ ले पराजित गरेको मेक्सिबको ब्राजिलविरुद्धको खेलमा पनि यही प्रदर्शनलाई निरन्तरता दिने योजनामा हुनेछ ।

तर, समूह चरणको अन्तिम खेलमा स्वीडेनसँग ३-० ले बेहोरेको हारले मेक्सिको सचेत छ । समूह चरणको अन्तिम खेलमा स्वीडेनसँग पराजित भएपछि मेक्सिको समूहको उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । 

यता, ब्राजिल समूह इ को विजेता बन्दै अघि बढेको टोली हो । समूह चरणमा दुई खेलमा जित र एक खेल बराबरी खेल्दै ब्राजिलले नकाउट चरणमा स्थान बनाएको हो । समूहको पहिलो खेलमा स्वीजरल्याण्डसँग १-१ को बराबरी खेल्दा, दोस्रो खेलमा कोस्टारीका लाई २-० ले फराजित गरेको थियो । समूहको अन्तिम खेल ब्राजिलले सर्बीयालाई २-० ले नै परमजित गरेको थियो ।

ब्राजिल र मेक्सिको अहिलेसम्म २३ पटक आमने समाने भएका छन् । जसमध्ये ब्राजिलले १२ खेलमा जित हात पारेको छ भने, सात खेलमा मेक्सिको विजयी हुन सफल भएको छ । चार खेल बराबरीमा सकिएको इतिहास छ । 

पछिल्लोपटक यी दुई टिमबीच भएको सन् २०१५ को मैत्रीपूर्ण खेलमा ब्राजिल २-० ले विजयी भएको थियो । त्यसअघि २०१४ को विश्वकपको समूह चरणमा यी दुई टिमले गोलरहित बराबरी खेलेका थिए । २०१२ मा २-० ले हराएयता मेक्सिकोले ब्राजिललाई पराजित गर्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्