शुक्रबार, जेठ २३, २०७७

z
खेलकुद

विश्वकपका १२ मैदानमा अमेरिका र चीनका दर्शकको बाहुल्यता

१४ जुनदेखि जारी विश्वकप १५ जुलार्इमा सकिनेछ । रुसका ११ वटा शहरका १२ वटा रंगशाला भरिभराउ छन्, यतिबेला । 'प्याराफिट'मा देखिने दर्शकहरू भने विश्वकपमा सहभागी नरहेका मुलुकका बढी छन् ।  सेप्टेम्बर २०१७ देखि विश्वकपका लागि टिकट बिक्री खुला गरिएको थियो । विश्वभरका फुटबल प्रेमीहरूले टिकट खरिद गरे । त्यसमा सबैभन्दा बढी आयोजक राष्ट्र रुसकै दर्शक छन् । रुसका आठ लाख ७० हजार जनाले टिकट खरिद गरेका छन् । 

विश्वकपका १२ मैदानमा अमेरिका र चीनका दर्शकको बाहुल्यता
काठमाडौं- १४ जुनदेखि जारी विश्वकप १५ जुलार्इमा सकिनेछ । रुसका ११ वटा शहरका १२ वटा रंगशाला भरिभराउ छन्, यतिबेला । 'प्याराफिट'मा देखिने दर्शकहरू भने विश्वकपमा सहभागी नरहेका मुलुकका बढी छन् । 

सेप्टेम्बर २०१७ देखि विश्वकपका लागि टिकट बिक्री खुला गरिएको थियो । विश्वभरका फुटबल प्रेमीहरूले टिकट खरिद गरे । त्यसमा सबैभन्दा बढी आयोजक राष्ट्र रुसकै दर्शक छन् । रुसका आठ लाख ७० हजार जनाले टिकट खरिद गरेका छन् । 

त्यसपछिको आँकडा भने अमेरिकी दर्शकको बढी छ । रुसबाहिरबाट सबैभन्दा ठूलो संख्या प्याराफिटहरूमा अमेरिकी नागरिककै देखिन्छ । ९० हजार अमेरिकी नागरिक अहिले रुसमा विश्वकप हेर्नकै लागि पुगेका छन् । 

अमेरिका सन् १९९० देखि २०१४ सम्म विश्वकपका १० वटा संस्करणमा सहभागी भएको थियो । सन् २००२ को विश्वकपमा त क्वार्टरफाइनल अर्थात् अन्तिम आठ टिमसम्मको यात्रा तय गरेको थियो । त्यो नै अमेरिकाको हालसम्मको सबैभन्दा माथिल्लो विश्वकप खुड्किलो हो । 

यस विश्वकपमा भने अमेरिका छनोट चरणबाटै बाहिरियो । तर, अमेरिकी 'सकर' (स्थानीय भाषामा फुटबल) प्रेमीहरूले विश्वकपका खेलहरू प्रत्यक्ष हेर्ने आकांक्षा पूरा गरेरै छाडे । 

अमेरिकाले सन् १९९४ को विश्वकप आयोजना गरेको थियो । त्यतिबेला दर्शकदीर्घा खाली भएकामा अमेरिकाको आलोचना भएको थियो । सन् २०२६ को विश्वकप आयोजक मुलुक पनि हो, अमेरिका । 

फुटबलको उद्गम स्थल र विश्वकपमा सहभागितामा बाहुल्यता रहेका युरोपेली मुलुकहरूबाट भने त्यति धेरै समर्थक र दर्शक रुस पुगेका छैनन् । 

तर, विश्वकपमा सहभागी नै नरहेको चीनका दर्शक रुस र अमेरिकापछि तेस्रो नम्बरमा आउँछन् । चीनबाट विश्वकप हेर्न ४० हजार दर्शक रुस पुगेका छन् । चीनले सन् २००२ मा एक पटक मात्र विश्वकपमा सहभागिता जनाएको थियो । 
प्रतिक्रिया दिनुहोस्