शनिबार, जेठ २४, २०७७

z
खेलकुद

प्रिमियर लिग : उद्घाटन खेलमा लिभरपुल र नर्विच भिड्ने

इंग्लिस प्रिमियर लिग सिजन २०१९-२० को उद्घाटन खेलमा च्याम्पियन्स लिग विजेता लिभरपुल र नर्विचबीच हुने भएको छ । प्रिमियर लिगले बिहिबार सार्वजनिक गरेको तालिका अनुसार उद्घाटन खेलमा लिभरपुल र बढुवा भएको क्लब नर्विच भिड्ने भएका हुन् । 

प्रिमियर लिग : उद्घाटन खेलमा लिभरपुल र नर्विच भिड्ने
एजेन्सी- इंग्लिस प्रिमियर लिग सिजन २०१९-२० को उद्घाटन खेलमा च्याम्पियन्स लिग विजेता लिभरपुल र नर्विचबीच हुने भएको छ । प्रिमियर लिगले बिहिबार सार्वजनिक गरेको तालिका अनुसार उद्घाटन खेलमा लिभरपुल र बढुवा भएको क्लब नर्विच भिड्ने भएका हुन् । 

खेल लिभरपुलको घरेलु मैदानमा अगष्ट ९ तारिख हुने छ । त्यस्तै १० तारिख लिग विजेता म्यानचेस्टर सिटीले वेस्टहामको सामना गर्दै छ । च्याम्पियन सिटीले लिगको सुरुवात वेस्टहाहमको घरेलु मैदानाट गर्ने छ। 

सोहि दिन थप ६ खेलल हुने छन् । अगष्ट ११ तारिख दुई खेल हुने छन् । पहिलो खेललमा न्युकासलले आर्सनलको सामना गर्ने छ भने दोस्रो खेलमा म्यानचेस्टर युनाईटेड र चेल्सीबीच प्रतिस्पर्धा हुने छ । 

आफ्नो पहिलो खेलमा नै युनाइटेड र चेल्सीले बलियो प्रतिद्वन्द्वी पाएका छन् । बर्नेमाउथले सेफिल्ड युनाईटेड, बर्नलीले साउथह्यम्पटन, क्रिस्टल प्यालेसले एभर्टन, लेष्टर सिटीले वुल्भ्स, वाट्फोर्डले ब्राइटन र टोटेनहमले एस्टन भिल्लासँग खेल्दै प्रिमियर लिगको सुरुवात गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस्