मंगलबार, जेठ २०, २०७७

z
खेलकुद

स्पेनिस खेलाडी इनिष्टाले लिए सन्यास

स्पेनिस खेलाडी आन्द्रेस इनिष्टाले राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।  विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा नै ...

स्पेनिस खेलाडी इनिष्टाले लिए सन्यास
काठमाडौं- स्पेनिस खेलाडी आन्द्रेस इनिष्टाले राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । 

विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा नै स्पेन पराजित भएसंगै मिडफिल्डर इनिष्टाले राष्ट्रिय फुटबल टिमबाट सन्यासको घोषणा गरेका हुन् । आइतबार राती भएको खेलमा आयोजक रुससंग ट्राइबे्रकरमा ४–३ गोल अन्तरले पराजित भएको थियो । 

सन् २०१० मा विश्वकप  र २०१२ को युरोकप जित्दा इनिस्टाको प्रदर्शन महत्वपुर्ण रहेको थियो । स्पेनका लागि १ सय ३० खेल खेलेका उनले १३ अन्तर्राष्ट्रिय गोल समेत गरेका छन् । 

३४ बर्षिय इनिष्टाले बार्सिलोनाबाट यसअघि नै सन्यास लिइसकेका छन । त्यसपछि उनले राष्ट्रिय टिमबाट अन्तिमपटक विश्वकप खेलेका थिए ।
प्रतिक्रिया दिनुहोस्