शुक्रबार, जेठ २३, २०७७

z
खेलकुद

डेनमार्क ट्राइब्रेकरमा पराजित : क्रोएसिया क्‍वार्टरफाइल प्रवेश

जारी विश्वकप फुटबलको प्रिक्‍वाटरफाइनलमा डेनमार्कलार्इ पराजित गर्दै क्रोएसियाले क्‍वाटरफाइनल यात्रा तय गरेको छ । पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै क्रोएसियाले अघिल्लो चरणमा प्रवेश गरेको हो ।  शुरुवाती अग्रता लिएको डेनमार्कले आफूलार्इ जोगाउन नसक्दा हार बेहोर्नु पर्‍यो । डेनमार्कले खेलको पहिलो मिनेट मै शुरुवाती अग्रता लिएको थियो । त्यसको तीन मिनेट बित्न नपाउँदै क्रोएसियाले जवाफी गोल फर्काएको थियो । 

डेनमार्क ट्राइब्रेकरमा पराजित : क्रोएसिया क्‍वार्टरफाइल प्रवेश
काठमाडौं- जारी विश्वकप फुटबलको प्रिक्‍वाटरफाइनलमा डेनमार्कलार्इ पराजित गर्दै क्रोएसियाले क्‍वाटरफाइनल यात्रा तय गरेको छ । पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै क्रोएसियाले अघिल्लो चरणमा प्रवेश गरेको हो । 

शुरुवाती अग्रता लिएको डेनमार्कले आफूलार्इ जोगाउन नसक्दा हार बेहोर्नु पर्‍यो । डेनमार्कले खेलको पहिलो मिनेट मै शुरुवाती अग्रता लिएको थियो । त्यसको तीन मिनेट बित्न नपाउँदै क्रोएसियाले जवाफी गोल फर्काएको थियो । 

म्याथिस जोरगेनसनले पहिलो मिनेटमै क्रोएसिया विरूद्ध पहिलो गोल गरे । तर, डेनमार्कले सुरुवाती अग्रतालार्इ तीन मिनेटभन्दा बढी जोगाउन सकेन । क्रोएसियाका मारियो म्यान्जुसेक चौथो मिनेटमा जवाफी गोल गर्दै खेललार्इ बराबरीमा ल्याए । त्यसपछि प्रतिस्पर्धात्म रहेको पहिलो हाफ १-१ को बराबरीमा सकियो । 

पहिलो हाफको १-१ को बराबरी खेलेका दुवै टोलीले निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समय पनि बराबरी मै बिताए । 



त्यसपछिको दोस्रो हाफ गोलरहित अवस्ठामा सकियो । खेल बराबरीमा सकिएपछि दुवै टोलीले ३० मिनेट थप अतिरिक्त समय पाएका थिए । अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । 

क्रोएसिया पछिल्लो समयमा लयमा रहेको टिम हो। विश्वकपको समूह चरणमा सबै खेलमा शतप्रतिशत जित हात पार्दै क्रोएसिया नकआउट चरणमा प्रवेश गरेको थियो। समूह चरणको पहिलो खेलमा क्रोएसियाले नाइजेरियालाई २-० गोलले पराजित गरेको थियो।

त्यस्तै, आफ्नो दोस्रो खेलमा बलियो मानिएको अर्जेटिनामाथि ३-० गोलको अपत्यारिलो नतिजा निकाल्दै एक खेल खेल्नुअघि नै नकआउट चरणमा प्रवेश गरेको क्रोएसियाले समूह चरणको अन्तिम खेलमा आइसल्यान्डलाई २-१ गोलअन्तरले पराजित गर्दै समूह डी को विजेता भएको थियो।

डेनमार्क भने समूह सि को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको टिम हो। डेनमार्कले समूह चरणका खेलमा १ खेलमा जित र २ खेलमा बराबरी खेलेको थियो । पहिलो खेलमा पेरुलाई १–० गोलअन्तरले पराजित गरेको डेनमार्कले दोस्रो खेलमा अष्ट्रेलियासँग १–१ गोलको बराबरी खेलेको थियो। अन्तिम खेलमा फ्रान्ससँग गोलरहित बराबरी खेलेसँगै डेनमार्क विश्वकपको नकआउट चरणमा पुगेको हो।



यसअघि आइतबार नै भएको पहिलो खेलमा विजयी बन्दै रूसले क्‍वाटरफाइनलको यात्रा तय गरेको छ । रुसले एक पटकको विश्व विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै क्‍वाटरफाइनलमा स्थान बनाएको हो। 

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेलमा ३० मिनेटको समय थप गरिएको थियो। तर, थप गरिएको ३० मिनेटमा पनि दुवै टोलीबाट गोल हुन सकेन। अतिरिक्त समयमा पनि गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो।

त्यसै शनिबार भएको खेलबाट अर्जेन्टिनालार्इ पराजित गर्दै फ्रान्स र पोर्चुगललार्इ पराजित गर्दै उरूग्वेले क्‍वाटरफाइनलको यात्रा तय गरेका छन् । अब क्‍वाटरफाइनल प्रवेशका लागि सोमबार हुने खेलमा मेक्सिकोले ब्राजिलको सामना गर्नेछ भने सोही दिनको दोस्रो खेलमा जापान र बेल्जियम भिड्ने छन् । त्यस्तै स्वीडेन र स्वीट्जरल्याण्ड तथा कोलम्बिया र इङ्ल्याण्ड पनि प्रिक्‍वाटरफाइनलमा भिडेर क्‍वाटर फाइनलको यात्रा तय गर्नेछन् । 
प्रतिक्रिया दिनुहोस्