शुक्रबार, जेठ २३, २०७७

z
खेलकुद

क्रोएसिया र डेनमार्क : पहिलो हाफ बराबरी

जारी विश्वकप २०१८ अन्तर्गत आइतबारको दोस्रो  प्रिक्वाटरफाइनलमा क्रोएसिया र डेनमार्कले बराबरी खेलका छन् । शुरुवाती अग्रता लिएको डेनमार्कले आफूलार्इ जोगाउन नसक्दा खेल बराबरीमा सकिएको हो । खेलको पहिलो मिनेटमै डेनमार्कले अग्रता लिएको थियो ।

क्रोएसिया र डेनमार्क : पहिलो हाफ बराबरी
काठमाडौं-जारी विश्वकप २०१८ अन्तर्गत आइतबारको दोस्रो  प्रिक्वाटरफाइनलमा क्रोएसिया र डेनमार्कले बराबरी खेलका छन् । शुरुवाती अग्रता लिएको डेनमार्कले आफूलार्इ जोगाउन नसक्दा खेल बराबरीमा सकिएको हो । खेलको पहिलो मिनेटमै डेनमार्कले अग्रता लिएको थियो ।

म्याथिस जोरगेनसनले पहिलो मिनेटमै क्रोएसिया विरूद्ध पहिलो गोल गरे । तर, डेनमार्कले सुरुवाती अग्रतालार्इ तीन मिनेटभन्दा बढी जोगाउन सकेन । क्रोएसियाका मारियो मानसुकिकले चोथो मिनेटमा जवाफी गोल गर्दै खेललार्इ बराबरीमा ल्याए । त्यसपछि प्रतिस्पर्धात्म रहेको पहिलो हाफ १-१ को बराबरीमा सकियो । 
दुवै टिम शतप्रतिशत जित हात पार्दै क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा रहेका छन्।

क्रोएसिया पछिल्लो समयमा लयमा रहेको टिम हो। विश्वकपको समूह चरणमा सबै खेलमा शतप्रतिशत जित हात पार्दै क्रोएसिया नकआउट चरणमा प्रवेश गरेको थियो। समूह चरणको पहिलो खेलमा क्रोएसियाले नाइजेरियालाई २-० गोलले पराजित गरेको थियो।

त्यस्तै, आफ्नो दोस्रो खेलमा बलियो मानिएको अर्जेटिनामाथि ३-० गोलको अपत्यारिलो नतिजा निकाल्दै एक खेल खेल्नुअघि नै नकआउट चरणमा प्रवेश गरेको क्रोएसियाले समूह चरणको अन्तिम खेलमा आइसल्यान्डलाई २-१ गोलअन्तरले पराजित गर्दै समूह डी को विजेता भएको थियो।

यता, डेनमार्क भने समूह सि को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको टिम हो। डेनमार्कले समूह चरणका खेलमा १ खेलमा जित र २ खेलमा बराबरी खेलेको थियो । पहिलो खेलमा पेरुलाई १–० गोलअन्तरले पराजित गरेको डेनमार्कले दोस्रो खेलमा अष्ट्रेलियासँग १–१ गोलको बराबरी खेलेको थियो। अन्तिम खेलमा फ्रान्ससँग गोलरहित बराबरी खेलेसँगै डेनमार्क विश्वकपको नकआउट चरणमा पुगेको हो।

डेनमार्क र क्रोएसियाबीच अहिलेसम्म ५ वटा खेलमा प्रतिस्पर्धा भएको छ। जुन खेलमा डेनमार्कले २ खेलमा जित्दा समान २ खेलमा नै क्रोएसियाले जितेको छ भने १ खेलमा दुबै टिमले बराबरी खेलेका छन्।
प्रतिक्रिया दिनुहोस्