शनिबार, जेठ २४, २०७७

z
समाचार

रानीपोखरी निर्माणमा 'रानी' हरू (फोटो/भिडियो)

विनाशकारी भूकम्पछि प्रसिद्ध रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भत्कियो । मन्दिर पुनर्निर्माण गर्न पोखरीको पानी सुकाइयो।

रानीपोखरी निर्माणमा 'रानी' हरू (फोटो/भिडियो)
काठमाडौं- विनाशकारी भूकम्पछि प्रसिद्ध रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भत्कियो । मन्दिर पुनर्निर्माण गर्न पोखरीको पानी सुकाइयो। त्यसपछि उत्पन्न विवाद, अदालतको आदेश र काठमाडौं महानगरको गैरजिम्मेवारीले रानीपोखरी इतिहासको गर्तमा पुग्ने अवस्थामा पुग्यो।

ऐतिहासिक यो सम्पदा पुनर्निर्माणमा अहिले महिला जुटेका छन्। सबेरैदेखि साँझसम्म कोदालोको भरमा पोखरी पुनर्निर्माण भइरहेको छ। यी महिलाको पसिनाले सार्थकता पाओस् । अनि उनीहरूलाई हामीले ‘रानी’ भन्न पाइयोस् ।


भिडियो












 
प्रतिक्रिया दिनुहोस्