शुक्रबार, जेठ २३, २०७७

z
खेलकुद

रुस र स्पेनबीचको अतिरक्त समयको हाफमा कुनै गोल भएन

विश्वकप फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलमा स्पेन र रुसबीचको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि थप गरिएको समयको हाफमा पनि कुनै गोल हुन सकेन । 

रुस र स्पेनबीचको अतिरक्त समयको हाफमा कुनै गोल भएन
काठमाडौं- विश्वकप फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलमा स्पेन र रुसबीचको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि थप गरिएको समयको हाफमा पनि कुनै गोल हुन सकेन । 

निर्धारित खेल बराबरीमा रोकिएपछि खेलमा ३० मिनेट समय थप गरिएको हो। 

शुरुवाती अग्रता लिएको स्पेनले अग्रता जोगाउन नसक्दा  खेल बराबरीमा सकिएको थियो। खेलको १२ औं मिनेटमा रुसका इग्नासेभिचले आत्मघाती गोल गर्दा स्पेनले १-० को अग्रता लिएको थिए। 

तर, ४१ औं मिनेटमा स्पेनका जेरार्ड क्युकले ह्याण्ड गरेपछि रुसले पेनाल्टि पाएको थियो। पेनाल्टिको सदुपयोग गर्दै रुसका अर्टेन ज्युवाले गोल गरे।
प्रतिक्रिया दिनुहोस्