शुक्रबार, जेठ २३, २०७७

z
खेलकुद

रुस र स्पेनबीचको ९० मिनेटको खेल १-१ को बराबरी, खेलमा ३० मिनेट थप

विश्वकप फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलमा स्पेन र रुसबीचको निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा रोकिएको छ। बराबरीमा रोकिए पछि खेलमा ३० मिनेट समय थप गिएको छ। 

रुस र स्पेनबीचको ९० मिनेटको खेल १-१ को बराबरी, खेलमा ३० मिनेट थप
काठमाडौं- विश्वकप फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलमा स्पेन र रुसबीचको निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा रोकिएको छ। बराबरीमा रोकिए पछि खेलमा ३० मिनेट समय थप गिएको छ। 

सुरुवाती अग्रता लिएको स्पेनले अग्रता जोगायउन नसक्दा  खेल बराबरीमा सकिएको हो। खेलको १२ औ मिनेटमा रुसका इग्नासेभिचले आत्मघाती गोल गर्दा स्पेनले १-० को अग्रता लिएको थिए। तर, ४१ औं मिनेटमा स्पेनका जेरार्ड क्युकले ह्याण्ड गरेपछि रुसले पेनाल्टि पाएको थियो। पेनाल्टिको सदुपयोग गर्दै रुसका अर्टेन ज्युवाले गोल गरे।

सुरुवाती समयदेखि नै स्पेनले आक्रमक खेल खेलेको थियो । तर, अहिले सम्म एक गोल बाहेक अन्ये गोल गर्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्