शुक्रबार, जेठ २३, २०७७

z
खेलकुद

रुसविरुद्ध स्पेनको १-० को अग्रता

विश्वकप फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलमा स्पेनले रुसविरुद्ध शुरुवाती १–० गोलको अग्रता लिएको छ । 

रुसविरुद्ध स्पेनको १-० को अग्रता
काठमाडौं- विश्वकप फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलमा स्पेनले रुसविरुद्ध शुरुवाती १–० गोलको अग्रता लिएको छ । 

पहिलो हाफको १२ औं मिनेटमा उत्कृष्ट प्रदर्शन गर्दै स्पेन अग्रता बनाउन सफल भएको हो।

लुझनिकी स्टेडियममा सुरु भएको खेलमा स्पेनका लागि सेरगेइ इग्नासेभिचले रुसविरुद्ध अग्रता दिलाएका हुन् ।

सुरुवाती समयदेखि नै स्पेनले आक्रमक खेल खेलिरहेको छ।

स्पेन र रसिया अहिलेसम्म ६ पटक आमनेसमाने भएका छन् । जसमध्ये स्पेनले चार खेलमा जित हात पार्दै दुई खेल बराबरीमा सकिएको थियो। 

पछिल्लो पटक यी दुई टिमले २०१७ को मैत्रीपूर्ण खेलमा ३–३ गोलको बराबरी खेलेको थियो । २–० ले पछि परेको अवस्थामा रसियाले खेलमा फर्कदै स्पेनलाई बराबरीमा रोक्न सफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्