शुक्रबार, जेठ २३, २०७७

z
खेलकुद

आयोजक रुस र च्याम्पियन स्पेनबीच कस्तो भिडन्त होला ?

रुसमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणको तेस्रो खेलमा आइतबार आयोजक रुस एक पटकको विश्व च्याम्पियन स्पेनको सामना गर्दैछ। खेल मस्कोस्थित लुझनिकी स्टेडियममा नेपाली समय अनुसार साँझ ७:४५ बजे हुँदैछ।

आयोजक रुस र च्याम्पियन स्पेनबीच कस्तो भिडन्त होला ?
काठमाडौं- रुसमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणको तेस्रो खेलमा आइतबार आयोजक रुस एक पटकको विश्व च्याम्पियन स्पेनको सामना गर्दैछ। खेल मस्कोस्थित लुझनिकी स्टेडियममा नेपाली समय अनुसार साँझ ७:४५ बजे हुँदैछ।
 
समूह चरणको दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको रुस स्पेनको चुनौती पन्छाउदै नकआउट चरण पुग्ने योजनामा हुनेछ । यतीमात्र नभई रुसलाई घरेलु समर्थक र मैदानको साथ पनि हुनेछ। 

१९३० देखि ९० सम्म सोभियत संघको नामबाट खेलेको रुसले त्यसपछिका तीन विश्वकपमा समूह चरण पार गर्न सकेन । तर, यसपटक भने समूह चरण पार गर्न सफल भएको रुस नकआउट चरणमा आफ्नो पहिलो खेल स्पेनसँग खेल्दै छ । समूह चरण पार गर्दै रसिया स्पेनलाई पनि स्तब्ध पार्दै क्वार्टरफाइनल पुग्ने दाउमा हुनेछ। 

आयोजक रसिया समूह ‘ए’ को उपविजेता टिम हो । समूह चरणमा रुसले आफ्नो पहिलो खेल एशियाली महारथी साउदी अरबियालाई ५-० को फराकिलो अन्तरले पराजित गरेको थियो । पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेको रुसले जितको हौसला बटुल्दै दोस्रो खेलमा मोहमद सलाहा सम्मिलित इजिप्टलाई ३-१ ले पराजित गर्‍यो । तर, अघिल्ला दुई खेलमा उच्च प्रदर्शन गरेको रुस समूह चरणको अन्तिम खेलमा १० खेलाडीमा समेटिएपछि उरुग्वेसँगको खेलमा ३-० ले पराजित हुन पुगेको थियो।

स्पेन समूह ‘बी’ को विजेता टोली हो । समूहको पहिलो खेल पोर्चुगलसँग ३-३ को बराबरी खेल्दै विश्वकप यात्रा शुरु गरेबको थियो । दोस्रो खेलमा इरानसँग १-० को झिनो अन्तरले जित निकालेको स्पेन, समूह चरणको अन्तिम खेलमा मोरोक्कोसँग २-२ को बराबरी खेलेको थियो।

स्पेन र रसिया अहिलेसम्म ६ पटक आमनेसमाने भएका छन् । जसमध्ये स्पेनले चार खेलमा जित हात पार्दै दुई खेल बराबरीमा सकिएको थियो । पछिल्लो पटक यी दुई टिमले २०१७ को मैत्रीपूर्ण खेलमा ३-३ गोलको बराबरी खेलेको थियो । २-० ले पछि परेको अवस्थामा रसियाले खेलमा फर्कदै स्पेनलाई बराबरीमा रोक्न सफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्