शनिबार, असार २७, २०७७

z
समाचार

सर्लाहीको नगरपालिका भवनमा बम विस्फोट

सर्लाहीको हरिपुर नगरपालिका कार्यलयमा बम विस्फोट भएको छ । विस्फोटबाट ...

सर्लाहीको नगरपालिका भवनमा बम विस्फोट
सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका कार्यलयमा बम विस्फोट भएको छ ।
 
आइतबार राति अज्ञात समूहले नगरपालिकाको कार्यालयमा बम विस्फोट गराएको प्रहरीले जनाएको छ। विस्फोटबाट कार्यालय भवनमा क्षती पुगेको छ । पर्खाल भत्किनुका साथ झ्यालका सिसाहरु फुटेको छ । 

बम कसले फिस्फोट गराएको हो भन्ने प्रमाण फेला नपरेको का जिल्ला प्रहरी कार्यालय सर्लाही डिएसपी प्रतीतसिंह राठोरले जानकारी दिए । घटनाको संलग्नको खोजी कार्य तिब्र पारिएको छ भने सुरक्षा सतर्कता बढाइएको उनले बताए ।  
प्रतिक्रिया दिनुहोस्